ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भीमफेदीमा मुख्य न्यायाधीश सवार स्कारपियो दुर्घटना, ६ जना घाइते


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ९ : २५   बजे

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटनामा परेको छ।

मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५० देखि ६० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कारपियोमा सवार दुई महिला र चार पुरुष घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ।

दुर्घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाएको जनाएको छ।

घाइतेहरूको विस्तृत परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री नेतृत्वको टोलीसमेत घटनास्थलमा पुगेको छ।

गम्भीर घाइते महिलालाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। अन्य पाँच जनाको अवस्था स्थिर रहेको र उनीहरूको उपचार भइरहेको बताइएको छ।

दुर्घटनामा परेको स्कारपियो घटनास्थलमै रहे पनि सडकमा यातायात भने नियमित रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना के कारणले भयो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चार महिनादेखि राष्ट्र बैंकको डेपुटी गभर्नर पद खाली, नियुक्तिमा सरकार–गभर्नरबीच तानातान

कोसीमा फेरि मन्त्रिमण्डल विस्तार, चार मन्त्री र एक राज्यमन्त्री थपिए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

New Book Details Chaotic Second Term of Donald Trump

Housing Inequality Rooted in Capitalist Structures, New Analysis Finds

चार महिनादेखि राष्ट्र बैंकको डेपुटी गभर्नर पद खाली, नियुक्तिमा सरकार–गभर्नरबीच तानातान

कोसीमा फेरि मन्त्रिमण्डल विस्तार, चार मन्त्री र एक राज्यमन्त्री थपिए

भीमफेदी स्कारपियो दुर्घटनाका चार घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

इरानविरुद्ध परमाणु हतियार प्रयोगबारे अमेरिकामा उच्चस्तरीय बैठक भइरहेको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu