ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार जनसरोकारका विषयमा संवेदनशील भएन, अधिनायकवादतर्फ उन्मुख छ : कांग्रेस सांसद केरुङ


ABC NEWS
२ भदौ २०८३, मंगलबार   २ : १५   बजे

 

समाचार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सरकार जनसरोकारका विषयमा संवेदनशील नभएको आरोप लगाउँदै अधिनायकवादतर्फ उन्मुख भएको टिप्पणी गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद केरुङले देशभर भइरहेको प्राकृतिक विपद्, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्।

उनका अनुसार वैशाखयता चार महिनाको अवधिमा देशभर ४ हजार ६८१ विपद्का घटना भएका छन्। ती घटनामा २४७ जनाको मृत्यु, १५ जना बेपत्ता र १ हजार ४६३ जना घाइते भएका छन्। विपद्बाट ५ हजार ७०९ परिवार प्रत्यक्ष प्रभावित भएको उनले सदनलाई जानकारी दिए।

जाजरकोट, बाजुरा, रोल्पालगायत जिल्लामा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भइरहँदा पनि सरकार गम्भीर नदेखिएको उनको आरोप थियो।

‘नागरिकले ज्यान गुमाइरहेका छन्, घरबस्ती बगिरहेका छन् तर सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छ,’ सांसद केरुङले भने।

उनले सरकार विपद् व्यवस्थापन र नागरिकको सुरक्षामा केन्द्रित हुनुपर्ने समयमा सत्ता खिचातानी तथा सचिवालयका आन्तरिक काममा व्यस्त रहेको आरोप लगाए।

सांसद केरुङले सुकुम्वासी बस्तीको व्यवस्थापनमा समेत राज्य गम्भीर नभएको दाबी गरे। भक्तपुरको होल्डिङ सेन्टरमा हिरा मिजार दुसाधले आत्महत्या गरेको घटनालाई उदाहरण दिँदै उनले सरकारको संवेदनहीनता देखिएको बताए।

त्यस्तै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारबाट प्रहार भइरहेको आरोप पनि उनले लगाए। पत्रकारलाई धम्की दिने, सिंहदरबार प्रवेशमा कडाइ गर्ने तथा सञ्चार गृहमा तोडफोड गर्ने जस्ता गतिविधिले लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाएको उनको भनाइ थियो।

सांसद केरुङले प्राकृतिक विपद्को जोखिम बढिरहेका बेला सरकारले तत्काल उद्धार, राहत तथा पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्ने र नागरिकको जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विदेशस्थित नेपाली नियोगको घरभाडामै वार्षिक १ अर्ब ३९ करोड खर्च

ग्यास अभावविरुद्ध नेविसंघको प्रदर्शन, खाली सिलिन्डर बोकेर विद्यार्थी सडकमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नापजाँच भएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

प्रधानमन्त्रीलाई संसद्मा प्रश्नको जवाफ दिन सभामुखको रूलिङ

पक्राउ रोक्न माग गर्दै पत्रकार किशोर श्रेष्ठ उच्च अदालत पुगे

मोदीको ‘दिमागी नक्सल’ टिप्पणीले भारतमा राजनीतिक बहस चर्कियो

प्रधानमन्त्री बालेन र भारतीय सेनाध्यक्ष सेठबीच सिंहदरबारमा भेटवार्ता

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu