ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १० : १५   बजे

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

काठमाडौंका विभिन्न सामुदायिक विद्यालयको स्थलगत अवलोकनपछि मन्त्री पोखरेलले विद्यालयको वास्तविक अवस्था र सरोकारवालाबाट प्राप्त सुझावलाई शिक्षा सुधारसम्बन्धी नीतिमा समेटिने बताए।

उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक नीतिगत तथा व्यावहारिक पहल गरिने उल्लेख गरे।

मन्त्री पोखरेलले राम आधारभूत स्कुल, मदन आश्रित आदर्श मावि, बाल विकास आधारभूत स्कुल र गणेश माविको अवलोकन गरेका छन्। त्यस क्रममा उनले विद्यालयको शैक्षिक अवस्था, पठनपाठन, व्यवस्थापन, पूर्वाधार तथा विद्यार्थीका समस्या र आवश्यकताबारे जानकारी लिए।

अवलोकनका क्रममा उनले प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै विद्यालयमा देखिएका समस्या, चुनौती र सुधारका आवश्यकताबारे जानकारी लिए।

विद्यालयमै पुगेर समस्या बुझ्ने

मन्त्री पोखरेलले विद्यालयको वास्तविक अवस्था प्रत्यक्ष रूपमा बुझेर शिक्षा सुधारका नीति निर्माण गर्न स्थलगत अवलोकन गरिएको बताए। विद्यालयमा देखिएका समस्या तथा शिक्षक र विद्यार्थीका सुझावलाई नीतिगत सुधारमा समेटिने उनको भनाइ छ।

मन्त्रालयका अनुसार सामुदायिक विद्यालयको अवस्था बुझ्न विद्यालयमै पुगेर शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापनसँग संवाद गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।

मन्त्री पोखरेलले सोमबारदेखि काठमाडौंका सामुदायिक विद्यालयको स्थलगत अवलोकन सुरु गरेका हुन्। विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीले आफूहरूले भोगिरहेका समस्या र आवश्यकताबारे मन्त्रीसमक्ष जानकारी गराएका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

शिक्षकको करियर विकासलाई प्राथमिकता दिएर शिक्षा ऐन बनाउन गण्डकीका सरोकारवालाको सुझाव

पिपल्स क्याम्पसले व्यवस्थापन शिक्षामा अनुसन्धान र प्रविधिलाई प्राथमिकता दिने

रास्वपा सांसद जोशीको आरोप : ‘सरकार शिक्षा क्षेत्रबाट पन्छिन खोज्दैछ’

पोखरा विश्वविद्यालयमा पहिलोपटक इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम, आवेदन खुल्यो

पोखरा विश्वविद्यालयले इन्जिनियरिङमा पहिलोपटक पीएचडी कार्यक्रम सञ्चालन गर्दै

शिक्षामन्त्री पोखरेलद्वारा काठमाडौंका चार सामुदायिक विद्यालयको निरीक्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu