ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानसँगको वार्ता रोक्न ट्रम्पको निर्देशन, होर्मुजलाई लिएर विवाद चर्कियो


ABC NEWS
३ भदौ २०८३, बुधबार   ८ : १५   बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता तत्काल रोक्न आफ्नो वार्ता टोलीलाई निर्देशन दिएका छन्। इरान सम्झौताका लागि तयार नभएसम्म थप छलफल अघि नबढाउने निर्णय ट्रम्पले गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

अमेरिका र इरानबीच यसअघि सकारात्मक छलफल भइरहेको भए पनि ट्रम्पले थप वार्ता सुरु गर्नुअघि केही समय पर्खिने निर्णय गरेका हुन्। मध्यस्थकर्ताहरू भने अमेरिका–इरान वार्ता पुनः सुरु गराउने प्रयासमा जुटिरहेका छन्।

कतारका अनुसार, वासिङ्टन र तेहरानलाई पुनः वार्ताको टेबलमा ल्याउनुअघि मध्यस्थकर्ताहरू सम्भावित इरान–ओमान सम्झौताको प्रतीक्षामा छन्। एक अमेरिकी अधिकारीले अलजजिरासँग कुरा गर्दै इरानसँग सकारात्मक छलफल भइरहेको भए पनि ट्रम्पले अहिले पर्खिने निर्णय गरेको बताएका छन्।

ती अधिकारीका अनुसार इरानसँगको वार्ताबारे अमेरिकी प्रशासनभित्र कुनै मतभेद वा द्वन्द्व छैन। यद्यपि, ट्रम्पले मंगलबार अमेरिका र इरानबीच हाल कुनै वार्ता भइरहेको वा वार्ता तय भएको जानकारी आफूलाई नभएको बताएका थिए।

होर्मुजलाई लिएर विवाद

यसैबीच, स्ट्रेट अफ होर्मुजलाई लिएर अमेरिका र इरानबीच विवाद चर्किएको छ। ट्रम्पले मंगलबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा होर्मुज स्ट्रेट र आसपासको समुद्री क्षेत्रलाई समेटिएको नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा प्रस्तुत गरेका थिए।

नक्सामा इरान, ओमान र संयुक्त अरब इमिरेट्सका केही भूभागसमेत समेटिएका थिए। ट्रम्पले होर्मुजमा अमेरिकी नौसैनिक नाकाबन्दी अझै पूर्ण रूपमा लागू रहेको र स्ट्रेट खुला रहेकाले जहाजको आवतजावत जारी रहेको दाबी गरेका छन्।

तर, इरानले ट्रम्पको दाबी अस्वीकार गरेको छ। इरानी उपविदेशमन्त्री काजेम गरीबाबादीले होर्मुज स्ट्रेटलाई अमेरिकाको हिस्सा भन्नु भ्रमपूर्ण भएको बताएका छन्।

इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म इरानले होर्मुज स्ट्रेट नखोल्ने बताएका छन्। यससँगै अमेरिका–इरानबीचको वार्ता र होर्मुज स्ट्रेटको विषय थप पेचिलो बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

उद्योगमन्त्रीले सांसदलाई ग्यास उपलब्ध गराइरहेको रास्वपा सांसद बानुको दाबी

सम्बन्धित

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

उपचारका लागि इमरान खानलाई अस्पताल सार्न सर्वोच्च अदालतको आदेश

दिल्लीका पूर्वमन्त्री सत्येन्द्र जैन भ्रष्टाचार आरोपमा पक्राउ

सिरियामा इजरायली हवाई आक्रमणको अमेरिकाद्वारा निन्दा, ‘तनाव बढाउने अनावश्यक कदम’

भारतमा सामाजिक सञ्जाल सेन्सरशिपको आरोप, कांग्रेसले भन्यो– मोदी सरकारको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार

कांग्रेसले सार्वजनिक गर्यो महाधिवेशन तालिका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu