ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपचारका लागि इमरान खानलाई अस्पताल सार्न सर्वोच्च अदालतको आदेश


ABC NEWS
३ भदौ २०८३, बुधबार   ८ : १५   बजे

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्न आदेश दिएको छ। अदालतले आगामी १६ सेप्टेम्बरसम्म उहाँलाई अस्पतालमै राख्न निर्देशन दिएको हो।

इमरान खानलाई अस्पताल भर्ना गर्न माग गर्दै दायर गरिएको निवेदनमाथि सर्वोच्च अदालतको तीन सदस्यीय इजलासले सुनुवाइ गरेको थियो। इजलासको अध्यक्षता न्यायाधीश शाहिद वाहिदले गरेका थिए। इजलासमा न्यायाधीश नइम अख्तर अफगान र इश्तियाक इब्राहिम सदस्य थिए।

अदालतले अदियाला जेलका अधीक्षकलाई अदालतको अवहेलनासम्बन्धी सूचना जारी गर्दै इमरान खानको स्वास्थ्य अवस्थासँग सम्बन्धित सम्पूर्ण मेडिकल रेकर्ड पेस गर्न पनि निर्देशन दिएको छ।

परिवारसँग साप्ताहिक भेटघाटको व्यवस्था गर्न आदेश

सर्वोच्च अदालतले इमरान खानलाई परिवारका सदस्यसँग हरेक साता भेटघाट गर्न दिने व्यवस्था सुनिश्चित गर्न अधिकारीहरूलाई आदेश दिएको छ।

त्यस्तै, उहाँसँग भएका सबै भेटघाटको विस्तृत विवरण तथा उहाँविरुद्ध विचाराधीन सबै मुद्दाको पूर्ण जानकारी अदालतसमक्ष पेस गर्न पनि निर्देशन दिइएको छ।

इमरानका सल्लाहकार जुल्फी बुखारीले सर्वोच्च अदालतको निर्णयको स्वागत गरेका छन्। उनले इमरान खानलाई यसअघि नै अस्पताल पठाइएको भए उहाँको आँखाको अवस्था र समग्र स्वास्थ्यमा थप समस्या आउनबाट जोगाउन सकिने बताएका छन्।

बुखारीले अदालतको आदेशले इमरान खानको स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

उद्योगमन्त्रीले सांसदलाई ग्यास उपलब्ध गराइरहेको रास्वपा सांसद बानुको दाबी

सम्बन्धित

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

इरानसँगको वार्ता रोक्न ट्रम्पको निर्देशन, होर्मुजलाई लिएर विवाद चर्कियो

दिल्लीका पूर्वमन्त्री सत्येन्द्र जैन भ्रष्टाचार आरोपमा पक्राउ

सिरियामा इजरायली हवाई आक्रमणको अमेरिकाद्वारा निन्दा, ‘तनाव बढाउने अनावश्यक कदम’

भारतमा सामाजिक सञ्जाल सेन्सरशिपको आरोप, कांग्रेसले भन्यो– मोदी सरकारको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार

कांग्रेसले सार्वजनिक गर्यो महाधिवेशन तालिका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu