ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० वर्षदेखि अलपत्र बाक्सिला सवस्टेसन, उत्तरी खोटाङका उपभोक्ता मारमा


ABC NEWS
३ भदौ २०८३, बुधबार   १० : १५   बजे

खोटाङ । उत्तरी खोटाङका स्थानीयवासीलाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण सुरु गरिएको बाक्सिला सवस्टेसन १० वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन।

केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सिम्पानीमा नेपाल विद्युत् प्राधिकरणले विसं २०७३ भदौमा भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इञ्जियरिङ लिमिटेडसँग तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७६ सालमै सञ्चालनमा आउनुपर्ने सवस्टेसन अझै अधुरो छ।

निर्माणस्थलमा ल्याइएका विद्युतीय उपकरण खुला चौरमा जथाभावी राखिएकाले कतिपय टुटफुट भएर प्रयोग गर्न नसकिने अवस्थामा पुगेका स्थानीयवासीको भनाइ छ। सवस्टेसनको क्वाटर र कन्ट्रोल बिल्डिङलगायत संरचनासमेत अधुरै छन्।

स्थानीय एमाले नेता माइतीराज राईका अनुसार ठेकेदार कम्पनीले केही संरचनाका पिलर मात्र निर्माण गरेर काम छाडेको छ। बुइपा–बाक्सिला ३३ केभी र ११ केभी प्रसारण लाइनको काम पूरा भए पनि सवस्टेसन निर्माण तथा ट्रान्सफर्मर जडानको काम अघि बढ्न सकेको छैन।

प्राधिकरणलाई पटकपटक आग्रह

सवस्टेसनको बाँकी काम पूरा गर्न नेपाल विद्युत् प्राधिकरणसँग पटकपटक आग्रह गरिए पनि सुनुवाइ नभएको केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले बताए।

उनका अनुसार सवस्टेसनमा जडान गर्न विराटनगरमा खरिद गरेर राखिएका ट्रान्सफर्मरसमेत अझै निर्माणस्थलमा ल्याइएको छैन। निर्माणस्थलमा पहिल्यै ल्याइएका कतिपय उपकरणसमेत लामो समय खुला ठाउँमा राखिँदा प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्।

यो सवस्टेसन केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उत्तरी क्षेत्रका उपभोक्तालाई लक्षित गरी निर्माण सुरु गरिएको हो। प्राधिकरणका अनुसार आयोजना सम्पन्न हुँदासम्म यसको लागत करिब ११ करोड रुपैयाँ पुग्ने अनुमान छ।

ठेकेदारको सम्झौता तोडेर नयाँ ठेक्का दिने तयारी

नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख धनराज विष्टले निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीबाट अब काम सम्पन्न हुने अवस्था नरहेको बताए।

उनका अनुसार पटकपटक ठेकेदार परिवर्तन तथा सम्झौता अवधि थपिँदै गए पनि निर्माणले गति लिन सकेको छैन। “सिम्पानीमा निर्माणाधीन सवस्टेसन जसरी भए पनि सञ्चालनमा ल्याउनुपर्ने अवस्था छ,” उनले भने।

बुइपा सवस्टेसनबाट उत्तरी क्षेत्रका स्थानीय तहमा विद्युत् वितरण भइरहेको भए पनि लामो दूरीका कारण सेवा पटकपटक अवरुद्ध हुने गरेको प्राधिकरणको भनाइ छ। त्यसैले काम नगर्ने ठेकेदार कम्पनीसँगको सम्झौता तोडेर नयाँ ठेक्कामार्फत सवस्टेसन निर्माण सम्पन्न गर्ने तयारी भइरहेको विष्टले बताए।

विद्युत् अवरोधबाट उपभोक्ता प्रभावित

बाक्सिला सवस्टेसन सञ्चालनमा नआउँदा उत्तरी खोटाङका उपभोक्ताले नियमित विद्युत् सेवाको समस्या भोग्दै आएका छन्। बुइपा सवस्टेसनबाट लामो दूरी पार गरेर विद्युत् वितरण गर्नुपर्ने भएकाले पानी, हावा तथा चट्याङका बेला विद्युत् सेवा लामो समय अवरुद्ध हुने गरेको उपभोक्ताको गुनासो छ।

स्थानीयवासीका अनुसार निर्माण सामग्री तथा कामदारको भुक्तानीमा समेत समस्या देखिएपछि ठेकेदार कम्पनीले काम छाडेको हो। सम्झौता अवधिमा काम पूरा नभएपछि पटकपटक म्याद थपिएको र म्याद थपिएपछि पनि ठेकेदार सम्पर्कविहीन हुने गरेको बताइएको छ।

ठेकेदारलाई कालोसूचीमा राख्ने तयारी

भारतीय कम्पनी एटुजेड इन्फ्रा इञ्जियरिङ लिमिटेडले नेपालका विभिन्न स्थानमा २२ वटा सवस्टेसन निर्माणको ठेक्का लिएको बताइएको छ। तीमध्ये अधिकांश आयोजनाको काम पूरा नभएको प्राधिकरणको भनाइ छ।

प्राधिकरणले काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्ने तयारीसमेत गरेको जनाएको छ। बाक्सिला सवस्टेसनको निर्माण तत्काल अघि बढाएर सञ्चालनमा ल्याउन नसके उत्तरी खोटाङका हजारौँ उपभोक्ताले विद्युत् सेवाको समस्या अझै भोग्नुपर्ने अवस्था देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिद्धार्थ राजमार्गमा पहिरो, यातायात पूर्ण रूपमा अवरुद्ध

रवि लामिछानेले बोलाए रास्वपा सांसद र मन्त्रीको बैठक

सम्बन्धित

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब निक्षेप संकलन गर्दै

डेभिड वार्नरलाई मदिरा सेवन गरी गाडी चलाएको अभियोगमा १,५०० डलर जरिबाना

उपत्यका अपराध अनुसन्धान कार्यालयले पहिलोपटक आफैँ मुद्दा चलायो, अपहरण प्रकरणबाट सुरुवात

जापानिज इन्सेफलाइटिस संक्रमण बढ्दो, सावधानी अपनाउन चिकित्सकको आग्रह

कैलालीमा बन्दुक पड्किँदा एक जनाको मृत्यु

कैलालीमा जंगलमा बन्दुक पड्किँदा एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu