ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्वतमा गाईमा लम्पी स्किनको आशंका, खोपसँगै नमुना परीक्षण सुरु


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १० : १५   बजे

पर्वत । जिल्लाका विभिन्न स्थानमा गाई, गोरु तथा बाच्छाबाच्छीमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि पशुमा खोप लगाउने र रोग पहिचानका लागि नमुना परीक्षण गर्ने काम सुरु गरिएको छ।

मोदी गाउँपालिका–५ बाजुङ, फलेवास नगरपालिका तथा कुश्मा नगरपालिका–१० पिपलटारीमा लक्षण देखिएका पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले जनाएको छ।

लक्षण देखिएका पशुबाट नमुना सङ्कलन गरी रोग पुष्टि गर्न बुधबार पोखरास्थित प्रयोगशालामा पठाइएको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठका अनुसार परीक्षणको नतिजा आउन दुईदेखि तीन दिन लाग्न सक्छ।

प्रारम्भिक रूपमा पशुमा देखिएको लक्षण लम्पी स्किनसँग मिल्दोजुल्दो भएकाले जोखिम न्यूनीकरणका लागि खोप लगाइएको श्रेष्ठले बताए। उनका अनुसार पशुमा असामान्य गाँठा, ज्वरो वा लम्पी स्किनसँग मिल्ने अन्य लक्षण देखिएमा तत्काल सम्बन्धित स्थानीय तहको पशु सेवा शाखा वा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयलाई जानकारी गराउनुपर्छ।

तीन गाईमा लक्षण

कार्यालयका पशु प्राविधिक प्रकाश परियारका अनुसार हालसम्म तीन वटा गाईमा लम्पी स्किनसँग मिल्दोजुल्दो लक्षण देखिएको छ। तर, विगतमा जस्तो गम्भीर अवस्था भने अहिले नरहेको उनले बताए।

उनका अनुसार यसपटक लक्षण देखिएलगत्तै खोप लगाइएको छ। पर्वतमा दुई वर्षअघि फैलिएको लम्पी स्किनका कारण ७० वटा पशु मरेका थिए।

परियारले विगतमा खोप लगाउन छुटेका केही पशुमा अहिले लक्षण देखिएको हुनसक्ने बताए। अहिलेको अवस्थालाई लिएर किसान आत्तिनुपर्ने अवस्था नरहे पनि पशुमा देखिने असामान्य लक्षणप्रति भने सचेत रहन उनले आग्रह गरे।

कसरी सर्छ लम्पी स्किन?

लम्पी स्किन गाईभैँसीमा लाग्ने भाइरसजन्य सङ्क्रामक रोग हो। सङ्क्रमित पशुको रगत चुस्ने झिँगा, लामखुट्टे र किर्नाजस्ता कीराको माध्यमबाट यो रोग स्वस्थ पशुमा सर्न सक्छ। सङ्क्रमित पशुसँगको सम्पर्क, दूषित उपकरण तथा एउटै सुई प्रयोग गर्दा पनि संक्रमण फैलिन सक्ने पशु प्राविधिकहरू बताउँछन्।

रोगबाट बच्न पशु चिकित्सक वा प्राविधिकको सल्लाहअनुसार समयमै खोप लगाउन, नयाँ पशुलाई तत्काल अन्य पशुसँग नराखी केही समय अलग्गै राखेर निगरानी गर्न र गोठ वरिपरि सरसफाइमा ध्यान दिन सुझाव दिइएको छ।

पशुको छालामा गाँठा, ज्वरो, आँखा तथा नाकबाट पानी आउने, दूध उत्पादन घट्ने वा अन्य असामान्य लक्षण देखिएमा तत्काल पशु प्राविधिकलाई खबर गर्नुपर्ने कार्यालयले जनाएको छ। साथै झिँगा, लामखुट्टे तथा किर्नाको नियन्त्रणमा पनि ध्यान दिन किसानलाई आग्रह गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाले सुरु गर्दै ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम, अर्थमन्त्री वाग्लेले नागरिकसँग संवाद गर्ने

राप्रपाभित्र विवाद चर्कियो, मुख्यमन्त्रीलाई समर्थन गर्ने पत्रमा कारबाही नगर्न प्रदेश प्रमुखलाई आग्रह

सम्बन्धित

गोरखामा मरुवा रोगले चैते धान उत्पादन आधाले घट्यो

छाडाचौपायाको समस्या समाधान गर्न किसानको गाउँपालिका परिसरमा विरोध

भोजपुरमा आलु खेतीप्रति किसानको आकर्षण बढ्दो, गाउँमै पुगेर व्यापारीले किन्न थाले

सप्तरीमा मल वितरणमा अनियमितताको आरोप, किसानको उजुरीपछि प्रशासनले माग्यो विवरण

धान–तोरीको खेतमा ‘ताइवानी अम्बा’, बाँकेकी सिर्जनाले वर्षमै गर्दैछिन् पाँच लाखसम्म आम्दानी

दुग्ध किसानको आशा फर्काउँदै डिडिसी : आठ महिनाको बक्यौतादेखि नियमित भुक्तानीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu