ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा मन्त्री छनोटमा सकस, पूर्वसमाजवादीको ‘एक मन्त्री’ अडानले सहमति जुटेन


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १० : २५   बजे

सुर्खेत । कर्णाली प्रदेश सरकारमा मन्त्री छनोटको विषय थप जटिल बनेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मन्त्री छनोटका लागि मापदण्ड तय गरे पनि पूर्वसमाजवादी धारका नेताहरूले पार्टी एकताको आधारमा आफ्नो पक्षबाट एकजना मन्त्री बनाउनुपर्ने अडान राखेपछि सहमति जुट्न नसकेको हो ।

नेकपाले यसअघि मन्त्री भइसकेका, विषयगत समितिका सभापति तथा प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसकेकालाई पुनः अवसर नदिने र अहिलेसम्म महत्वपूर्ण जिम्मेवारी नपाएका सांसदलाई मन्त्री बनाउने मापदण्ड तय गरेको छ ।

तर, पार्टी एकताको क्रममा पूर्वसमाजवादी धारबाट पनि एकजना मन्त्री हुनुपर्ने माग उठेपछि मापदण्ड कार्यान्वयनमै विवाद देखिएको नेकपा स्रोतको भनाइ छ ।

नेकपाका एक नेताका अनुसार पार्टी एक भइसकेपछि पूर्वसमाजवादी र पूर्वमाओवादी धारका आधारमा छुट्टाछुट्टै भागबन्डा खोज्नु उचित हुँदैन । उनका अनुसार पूर्वसमाजवादीबाट एकजना समानुपातिक सांसद भए पनि पूर्वमाओवादी धारका १३ जना सांसद छन् ।

“हामीले मन्त्री छान्न एउटा मापदण्ड बनाएका छौँ । पूर्वमन्त्री, विषयगत समितिका सभापति र प्रमुख सचेतक भइसकेकालाई भन्दा अहिलेसम्म जिम्मेवारी नपाएका साथीहरूलाई अवसर दिने भन्ने हो,” ती नेताले भने, “तर एकताको नाममा हामीलाई पनि एक मन्त्री चाहियो भनेर पूर्वसमाजवादीका साथीहरूले अडान राखेका कारण सहमति हुन सकेको छैन ।”

मन्त्री छनोटमा पार्टीको प्रदेश इन्चार्जको जिम्मेवारी पूर्वसमाजवादी धारका चन्द्रबहादुर शाहीले सम्हालिरहनु पनि अर्को पेचिलो विषय बनेको स्रोतको दाबी छ ।

लामो समयदेखि सरकारमा अवसर नपाएका सांसदहरूले यसपटक आफूहरूलाई मन्त्री बनाइनुपर्ने दबाब नेतृत्वमाथि बढाइरहेका छन् । उनीहरूले पार्टीले तय गरेको मापदण्डअनुसार नै मन्त्री छनोट हुनुपर्ने बताउँदै आएका छन् ।

“हामीले यत्रो कार्यकालसम्म अवसर चाहियो भनेर भनेनौँ । अहिले पार्टीले विधि र मापदण्ड बनाएपछि त्यसैअनुसार जानुपर्छ,” नेकपाका एक नेताले भने ।

यता, पूर्वसमाजवादी धारका एक नेताले भने अवसर नपाएकाभन्दा अवसर पाइसकेका नेताहरू नै मन्त्री बन्न नेतृत्वमाथि दबाब दिइरहेको दाबी गरेका छन् ।

मन्त्री छनोटको विषयमा नेकपाको प्रदेश पार्टी संरचना र कर्णाली प्रदेशसभा संसदीय दलबीच पनि समन्वयको अभाव देखिएको छ । एक प्रदेशसभा सदस्यका अनुसार पार्टीले मन्त्री छनोटको मापदण्ड बनाउँदा संसदीय दलसँग पर्याप्त छलफल नगरेको गुनासो छ ।

बुधबार बसेको नेकपा कर्णाली प्रदेश पार्टी बैठकमा मन्त्री छनोटबारे छलफल भए पनि संसदीय दललाई जानकारी नदिई प्रक्रिया अघि बढाइएको भन्दै असन्तुष्टि व्यक्त भएको ती प्रदेशसभा सदस्यले बताए ।

अब पार्टी नेतृत्वले पूर्वसमाजवादी र पूर्वमाओवादी धारका आधारमा भागबन्डा गर्ने वा यसअघि तय गरेको मापदण्डअनुसार मन्त्री छनोट गर्ने भन्ने विषयले कर्णाली सरकार विस्तारको टुंगो लगाउनेछ ।

नेकपा कर्णाली प्रदेश अध्यक्ष विमला केसीले मन्त्री छनोटको टुंगो आज नभए भोलिसम्म लाग्ने बताएकी छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘स्पष्टीकरणको मौका नदिई फेसबुकबाटै निलम्बन गरियो’ : राजेश खिम्दुङ

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

किष्ट अस्पतालमा पाँच वर्षीया बालिकामा सफल कलेजो प्रत्यारोपण

‘स्पष्टीकरणको मौका नदिई फेसबुकबाटै निलम्बन गरियो’ : राजेश खिम्दुङ

‘फुटवेयर इन्डिया एक्स्पो–२०२६’ मा नेपाली ब्रान्ड जेम्सले सहभागिता जनाउने

‘हल्का टिप्पणीका आधारमा प्रदेश संरचना खारेज हुँदैन’ : मुख्यमन्त्री शाही

‘असहज अवस्थामा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्छ’ : कँडेल

बुबाको निधनपछि पहिलो गोल गर्दै लयमा फर्किए मेसी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu