काठमाडौं । सांसद आशिका तामाङले कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव नेपाल ल्याउने सम्पूर्ण कानुनी प्रक्रिया तथा कार्गो व्यवस्थापन खर्च नेपाल सरकारले व्यहोर्ने जानकारी दिएकी छन् ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै तामाङले आवश्यक प्रक्रिया पूरा गरेर करिब १५ दिनभित्र राईको शव नेपाल आइपुग्ने बताएकी हुन् ।
यसअघि राईको शव नेपाल ल्याउन आर्थिक सहयोगको अपिल गरिएको थियो । तर, सरकारले नै शव ल्याउने खर्च व्यहोर्ने भएपछि अब थप आर्थिक सहयोग आवश्यक नरहेको तामाङले स्पष्ट पारेकी छन् ।
यसअघि राईकी श्रीमतीको खातामा जम्मा भएको सहयोग रकम भने काजक्रिया तथा उनका छोराछोरी र बुबाको हेरचाहमा प्रयोग गरिने उनले बताएकी छन् ।
राईको शव नेपाल ल्याउने जिम्मेवारी लिएर आवश्यक प्रक्रिया अघि बढाएकोमा तामाङले नेपाल सरकार तथा सम्बन्धित निकायलाई धन्यवाद दिएकी छन् । बाँकी प्रक्रिया समयमै पूरा भएर शव छिट्टै परिवारसम्म आइपुग्ने उनले विश्वास व्यक्त गरेकी छन् ।
सन्तोष राईको शव नेपाल ल्याउन सहयोग गर्ने, सामाजिक सञ्जालमा सूचना तथा अपिल शेयर गर्ने र आवाज उठाइदिने देश–विदेशमा रहेका नेपालीप्रति पनि तामाङले आभार व्यक्त गरेकी छन् ।
थप आर्थिक सहयोग नगर्न आग्रह
तामाङले यसअघि गरिएको आर्थिक सहयोगको अपिल फिर्ता लिँदै शव नेपाल ल्याउने खर्च सरकारले व्यहोर्ने भएकाले अब थप रकम नपठाउन आग्रह गरेकी छन् ।
उनका अनुसार यसअघि राईकी श्रीमतीको खातामा जम्मा भएको रकम भने काजक्रिया, छोराछोरी तथा बुबाको हेरचाहमा खर्च गरिनेछ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्