ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीमा राप्रपाको विवादकै बीच तीन सांसद मन्त्री बन्दै


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १२ : ४५   बजे

हेटौँडा । बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले) नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विवाद चर्किएको छ। राप्रपाको केन्द्रीय नेतृत्वदेखि बागमती प्रदेश संसदीय दलको सचिवालयसम्मले सरकारलाई दिइएको समर्थन आधिकारिक नभएको दाबी गरिरहेका छन्। तर, राप्रपाका तीन सांसद भने आजै मन्त्रीको शपथ लिने तयारीमा छन्।

एमालेका किरण थापा नेतृत्वको सरकारमा राप्रपाबाट तीन सांसद सहभागी हुने तयारी भएको हो। बागमती प्रदेश संसदीय दलका उपनेता गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) को नेतृत्वमा राप्रपा प्रदेश सरकारमा सहभागी हुन लागेको बताइएको छ।

उपनेता लामाका अनुसार उनीसहित राजु विष्ट र राजेन्द्र प्रजापतिले आजै शपथ लिने तयारी गरेका छन्। सहमतिअनुसार ज्ञानुजंग लामा स्वास्थ्य तथा सामाजिक विकासमन्त्री, राजु विष्ट खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बन्नेछन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ मन्त्रालय रहेको बागमतीमा एमालेले मुख्यमन्त्रीसहित तीन, नेकपाले दुई र राप्रपाले तीन मन्त्रालय लिने सहमति भएको बताइएको छ।

राप्रपाभित्रै समर्थनलाई लिएर विवाद

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि एमालेका किरण थापाले दाबी पेस गरेदेखि नै राप्रपाभित्र विवाद सुरु भएको हो।

राप्रपा केन्द्रले प्रदेश संसदीय दलले दिएको समर्थन अस्वीकार गर्न पत्राचार गरेको छ। त्यस्तै, संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले पनि संसदीय दलको औपचारिक निर्णयबिनै मुख्यमन्त्रीलाई समर्थन गरिएको भन्दै प्रदेश प्रमुखसमक्ष पत्र पठाएकी छन्।

तर, प्रदेश संसदीय दलका उपनेता ज्ञानुजंग लामाले भने राप्रपाभित्र कुनै विवाद नरहेको दाबी गरेका छन्। उनले संविधान, पार्टीको विधान र संसदीय अधिकारअनुसार सरकारमा सहभागी हुने निर्णय गरिएको बताएका छन्।

मन्त्रालय बाँडफाँट

दल मन्त्रालय
एमाले मुख्यमन्त्रीसहित ३
नेकपा २
राप्रपा ३

राप्रपाबाट मन्त्री बन्नेहरू :

  • ज्ञानुजंग लामा — स्वास्थ्य तथा सामाजिक विकासमन्त्री
  • राजु विष्ट — खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री
  • राजेन्द्र प्रजापति — उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री

राप्रपाको केन्द्रीय नेतृत्वले समर्थनलाई आधिकारिक नमानिरहेको अवस्थामा प्रदेश संसदीय दलका तीन सांसद सरकारमा सहभागी हुन लागेपछि पार्टीभित्रको विवाद थप चर्किने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमरेश सिंहको आरोप– ‘प्रधानमन्त्रीले अख्तियारको साख गिराउने काम गरिरहेका छन्’

दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल भेटिए

सम्बन्धित

एक वर्षमा सात हजार कुखुराको पोस्टमार्टम, एभियन इन्फ्लुएन्जासहित विभिन्न रोग पुष्टि

डिजिटल बैंकिङ विस्तारसँगै बढ्दो साइबर जोखिम, सुरक्षा खर्चमा पनि दबाब

नेपालगञ्ज–पोखरा हवाई सेवा भदौ ३१ देखि पुनः सञ्चालन

दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते

भावुक हुँदै अमेरिका फर्किए धुर्मुस, लेखे– ‘१८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु’

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu