ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ८ : २५   बजे

हुम्ला । खार्पुनाथ गाउँपालिका–१ सुनाखाडामा कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका नदीले बगाउँदा बेपत्ता भएका छन्।

बिहीबार साँझ नदी किनारमा पौडी खेल्न गएका उनीहरू कर्णाली नदीको तीव्र बहावमा बगेपछि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिनुभयो।

बेपत्ता हुनेमा स्थानीय बृषबहादुर शाहीकी ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका १२ वर्षीय छोरा प्रशान्त रावल रहेका छन्। दुवै जना मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए।

खार्पुनाथ गाउँपालिका–१ का वडाध्यक्ष जयबहादुर शाहीका अनुसार नदी किनारमा खेल्ने क्रममा उनीहरूलाई कर्णाली नदीको बहावले बगाएको हो। बिहीबार कर्णाली प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा परेकाले उनीहरू सुनाखाडा पुगेका थिए।

घटनालगत्तै स्थानीयवासी र प्रहरीको टोलीले कर्णाली नदी किनार तथा आसपासका क्षेत्रमा खोजी अभियान सञ्चालन गरेको थियो। तर, नदीमा पानीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

एकैपटक दुई बालबालिका बेपत्ता भएपछि स्थानीय तल्लोलाली गाउँ शोकमा डुबेको छ। बेपत्ता बालबालिकाको खोजी कार्य शुक्रबार बिहानदेखि पुनः सुरु गरिने प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

गोदावरीमा पुरानो पहिरोको त्रास, वर्षा लागेपछि स्थानीयको रात अनिदो

गगन थापाको चुनौती : ‘सबै असन्तुष्ट नेता एक भएर महाधिवेशनमा आउनुस्, मलाई हराइदिनुस्’

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

रास्वपाको प्रवक्तामा पूर्वसञ्चारमन्त्री जगदिश खरेल नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu