ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१९ दिन हिँडेर काठमाडौं आएका लघुवित्त, मिटरब्याज र सहकारीपीडित सडकपेटीमै


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ४ : ०५   बजे

काठमाडौं । चर्को घाम, तातो सडक र त्रिपालको ओतमा लघुवित्त, मिटरब्याज तथा सहकारीपीडित सयौँ नागरिक सात दिनदेखि हरिहरभवन क्षेत्रमा धर्नामा बसेका छन्। घरबार, खेतबारी र सम्पत्ति गुमेको भन्दै उनीहरू न्यायको मागसहित देशका विभिन्न ठाउँबाट काठमाडौं आएका हुन्।

सुनसरीको इनरुवाबाट काठमाडौंसम्म १९ दिन पैदल यात्रा गरेर आइपुगेका पीडितहरू अहिले सडकपेटीमै रात बिताइरहेका छन्। लामो यात्राका कारण कतिपयको पैतालामा घाउ भएको छ भने चप्पलसमेत खिइएर सकिएका छन्।

सडकपेटीमा त्रिपाल र पातलो म्याट्रेस ओछ्याएर बसेका उनीहरूको दैनिकी कष्टकर बनेको छ। प्लास्टिकका पानीका जार, लुगाका पोका र सामान्य भान्साका सामग्री नै उनीहरूको अहिलेको सम्पत्ति बनेका छन्। सडकको छेउमा बाँधिएका त्रिपालमुनि उनीहरूको भान्सा, ओछ्यान र आन्दोलनस्थल बनेको छ।

‘हामी अपराधी होइनौँ, नागरिक हौँ’

पीडितहरूले ‘हाम्रो घर फर्काइदेऊ सरकार’, ‘हामी अपराधी होइनौँ, हामी नागरिक हौँ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्।

कतिपयले आफ्नो माग सुनुवाइ नभएको भन्दै अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकर्षण गराउन खोजेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको तस्बिरसहितका प्लेकार्डसमेत प्रदर्शनमा देखिएका छन्।

पीडितहरूको आरोपमा ऋणको चक्रमा फसेपछि घरजग्गा गुमाउनुपरेको र साहु तथा वित्तीय संस्थाबाट निरन्तर दबाब तथा धम्की खेप्नुपरेको छ।

 

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हात्तिवनमा १२ वर्षदेखि अतिक्रमण गरी बनाइएका संरचनामा चल्यो डोजर

बञ्चरेडाँडाको फोहोर व्यवस्थापनमा दीर्घकालीन समाधान खोज्न उच्चस्तरीय छलफल

सम्बन्धित

सिभिल अस्पतालमा आइतबार कर्मचारी र परिवारका लागि विशेष ओपीडी

सडक पुगेपछि पहिरोको त्रास : बागलुङका गाउँबस्तीमा जथाभावी ट्र्याक खोल्दाको मूल्य

बुटवलमा जुवा अखडामाथि प्रहरीको छापा, १ लाख ३२ हजार नगदसहित ९ जना पक्राउ

३० लाख नगद, हेरोइन र सुनसहित पक्राउ परेका कुमार लामाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

सेतीको खोँचमा खसेका युवकको सकुशल उद्धार

सरकारी सफ्टवेयर विकास केन्द्र स्थापना हुँदै, ३० स्थायी कर्मचारी र विज्ञ परिचालन गरिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu