ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगलाई कानुनी बाटो खोल्न सरकार सकारात्मक


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ४ : ०५   बजे

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

शुक्रबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

उनले गाँजाको उत्पादन र बजारीकरणलाई केवल आम्दानी, रोजगारी तथा राजस्व संकलनको विषयका रूपमा मात्र हेर्न नहुने बताए। यसको औषधीय उपयोग, नियन्त्रित प्रयोग र सम्भावित आर्थिक लाभलाई समेत ध्यानमा राखेर आवश्यक अध्ययन तथा कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

वाग्लेका अनुसार विज्ञहरूको अध्ययन र निष्कर्षका आधारमा कानुन बनाएर गाँजा उत्पादन तथा प्रयोगलाई व्यवस्थित गर्न सकिए अर्थ मन्त्रालयले त्यसमा पूर्ण सहयोग गर्नेछ।

गृह मन्त्रालयसँग समन्वय गरिने

अर्थमन्त्री वाग्लेले गाँजा खेतीसम्बन्धी कानुनी व्यवस्था अघि बढाउन गृहमन्त्री तथा गृह मन्त्रालयसँग समन्वय गर्ने बताए। उनले विगतमा विकसित मुलुकहरूको दबाबमा गाँजामाथि प्रतिबन्ध लगाइएको भए पनि अहिले तीमध्ये कतिपय मुलुक नियन्त्रित प्रयोग र वैधानिकतातर्फ अघि बढिरहेको उल्लेख गरे।

उनले नेपालले पनि गाँजाको सम्भावनाबारे सकारात्मक ढंगले अध्ययन गरी आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्ने बताए।

गाँजाको व्यावसायिक र औषधिजन्य उपयोगबारे सार्वजनिक बहस भइरहेकाले यस विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने उनको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हात्तिवनमा १२ वर्षदेखि अतिक्रमण गरी बनाइएका संरचनामा चल्यो डोजर

बञ्चरेडाँडाको फोहोर व्यवस्थापनमा दीर्घकालीन समाधान खोज्न उच्चस्तरीय छलफल

सम्बन्धित

सिभिल अस्पतालमा आइतबार कर्मचारी र परिवारका लागि विशेष ओपीडी

सडक पुगेपछि पहिरोको त्रास : बागलुङका गाउँबस्तीमा जथाभावी ट्र्याक खोल्दाको मूल्य

बुटवलमा जुवा अखडामाथि प्रहरीको छापा, १ लाख ३२ हजार नगदसहित ९ जना पक्राउ

३० लाख नगद, हेरोइन र सुनसहित पक्राउ परेका कुमार लामाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

सेतीको खोँचमा खसेका युवकको सकुशल उद्धार

सरकारी सफ्टवेयर विकास केन्द्र स्थापना हुँदै, ३० स्थायी कर्मचारी र विज्ञ परिचालन गरिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu