ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाँजा खेतीबारे सरकार सकारात्मक, कानुनी व्यवस्था गर्न अर्थमन्त्री वाग्लेको पहल


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ५ : ३५   बजे

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगलाई व्यवस्थित गर्न आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गाँजा खेतीलाई वैधानिक र नियन्त्रित ढंगले अघि बढाउने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले गाँजाको विषयलाई केवल राजस्व, आय र रोजगारीको स्रोत का रूपमा मात्र नभई यसको औषधीय उपयोग, अनुसन्धान र नियन्त्रित प्रयोगसँग जोडिएको विषय का रूपमा हेर्नुपर्ने बताए।

विज्ञहरूको अध्ययन र निष्कर्षका आधारमा उपयुक्त कानुन निर्माण गरी व्यवस्थित ढंगले गाँजाको उत्पादन र उपयोग गर्न सकिए अर्थ मन्त्रालय त्यसका लागि तयार रहेको उनको भनाइ थियो।

मन्त्री वाग्लेले भने, “गाँजाको व्यावसायिक र औषधिजन्य उपयोगका बारेमा सार्वजनिक बहस भइरहेको छ र विगतका बजेटहरूमा पनि यसको सम्भाव्यता अध्ययन गर्ने विषय उल्लेख भइसकेको छ।”

उनका अनुसार विगतमा अन्तर्राष्ट्रिय दबाब र प्रचलित नीतिका कारण गाँजामाथि प्रतिबन्ध लगाइए पनि पछिल्लो समय विश्वका विभिन्न मुलुकहरूले यसको औषधीय तथा नियन्त्रित व्यावसायिक प्रयोगतर्फ नीति परिवर्तन गर्न थालेका छन्।

गृह मन्त्रालयसँग समन्वय गरिने

अर्थमन्त्री वाग्लेले गाँजा खेती र यसको नियन्त्रणसम्बन्धी कानुनी विषय मुख्यतः गृह मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने भएकाले यसबारे गृह मन्त्रालयसँग समन्वय गरेर आवश्यक प्रक्रिया अघि बढाइने बताए।

“माननीयज्यूले औपचारिक रूपमै यो प्रश्न उठाउनुभएको छ। यसलाई मैले गम्भीरतापूर्वक लिएको छु,” उनले भने, “गृहमन्त्री र गृह मन्त्रालयसँग समन्वय गरी यस विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने आश्वासन दिन चाहन्छु।”

उनले औद्योगिक प्रवर्द्धन, रोजगारी सिर्जना र सरकारी राजस्व वृद्धिको सम्भावनालाई समेत ध्यानमा राखेर गाँजाको नियन्त्रित उत्पादन र प्रयोगसम्बन्धी विषयमा अर्थ मन्त्रालय सकारात्मक रहेको बताए।

सरकारले आवश्यक अध्ययन, कानुनी प्रबन्ध र नियामक संरचना तयार गरेमा नेपालमा गाँजाको व्यावसायिक खेतीदेखि औषधिजन्य उत्पादनसम्मको सम्भावना खोल्ने दिशामा पहल हुन सक्ने अर्थमन्त्री वाग्लेको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाले सर्वोच्चमा पेस गरेको रिट फिर्ता लिए, सोमबार पुनः दर्ता गर्ने तयारी

जेनजी आन्दोलनमा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने

सम्बन्धित

‘सुपर एल निनो’को जोखिमसँग जुध्न पूर्वतयारी आवश्यक : मन्त्री श्रेष्ठ

मलको खोजीमा ७० किलोमिटर साइकल यात्रा : बर्दियाका किसान महँगो भारतीय युरियाको भरमा

बाजुरामा पहिरोले दुई घर बगायो, १४ परिवार सुरक्षित स्थानमा सारिए

कैलालीका किसानलाई रासायनिक मलको चरम अभाव, भारतबाट महँगोमा ल्याउन बाध्य

पर्वतमा झिनुवा र हाइब्रिड धानमा मरुवा रोग

अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन, बोलाउँदैमा धाउनु हुँदैन : अमरेशकुमार सिंह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu