ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्वतमा झिनुवा र हाइब्रिड धानमा मरुवा रोग


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ६ : ३५   बजे

पर्वत । फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको रैथाने झिनुवा तथा केही हाइब्रिड धानमा मरुवा (ब्लास्ट) रोगको समस्या देखिएको छ । धान गोडेर गाँज हाल्ने समयमा पातबाट बिस्तारै सुक्दै जाने समस्या देखिएपछि प्राविधिक टोलीले किसानका खेतमै पुगेर स्थलगत निरीक्षण गरेको हो ।

धानमा पोटास तथा जिङ्कको कमी र मरुवा रोगको समस्या देखिएपछि फलेवास नगरस्तरीय कृषि सञ्जालको समन्वयमा सम्बन्धित निकायका प्राविधिक किसानका खेतमा पुगेका हुन् । टोलीले रैथाने झिनुवा तथा यूएस–३१२ लगायतका केही हाइब्रिड धानका जातको निरीक्षण गरेको थियो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई बागलुङका निमित्त वरिष्ठ कृषि अधिकृत अर्जुन प्रकाश सुवेदीका अनुसार अहिले धान गाँज हाल्ने अवस्थामा रहेकाले केही खेतमा पातमा लाग्ने मरुवा रोग देखिएको हो । रोगको प्रकोप कम भएका क्षेत्रमा पानीको मात्रा व्यवस्थापन गर्न तथा सन्तुलित पोषक तत्त्व प्रयोग गर्न किसानलाई सुझाव दिइएको उनले बताए ।

खेतमा पानीको निकास राम्रो हुने व्यवस्था मिलाएर करिब तीन सेन्टिमिटर पानी कायम राख्नसमेत प्राविधिकले सुझाव दिएका छन् । धान उत्पादन बढाउने उद्देश्यले किसानले युरिया मल अत्यधिक प्रयोग गर्दा मरुवा रोग फैलिन सहयोग पुग्न सक्ने भएकाले आवश्यकता हेरेर मात्र युरिया प्रयोग गर्नुपर्ने सुवेदीले बताए ।

युरिया प्रयोग गर्नुपर्ने अवस्था आएमा प्राविधिकको सल्लाहमा सन्तुलित मात्रामा प्रयोग गर्नुपर्ने उनको भनाइ छ । रोगको प्रकोप अत्यधिक भएको अवस्थामा ट्राइसाइक्लाजोललगायतका विषादी प्रयोग गर्न सकिने भए पनि प्राविधिकको सल्लाहअनुसार मात्र प्रयोग गर्न उनले आग्रह गरे ।

फलेवास नगरपालिकाले किसानलाई आवश्यक विषादी मंगलबारदेखि पूर्ण अनुदानमा उपलब्ध गराउने तयारी गरेको जनाएको छ । रोपिसकेको धानमा संक्रमण भएपछि विषादी प्रयोग गर्नुभन्दा रोपाइँअघि नै आवश्यक सावधानी अपनाउँदा रोगको समस्या केही हदसम्म कम गर्न सकिने सुवेदीले बताए ।

धान बाक्लो रोप्दा पनि रोग फैलिन सक्ने भएकाले आगामी वर्षदेखि एक गाँजदेखि अर्को गाँजबीच करिब १५ देखि २० सेन्टिमिटर दूरी कायम गर्न उनले सुझाव दिए । मरुवा लागेको खेतमा युरिया सकेसम्म कम प्रयोग गर्नुपर्ने, आवश्यक परे सन्तुलित मात्रामा मात्र प्रयोग गर्ने र खेतमा करिब तीन सेन्टिमिटर पानी कायम राख्नुपर्ने प्राविधिकको सुझाव छ ।

सुवेदीले आगामी वर्षदेखि रोग प्रतिरोधात्मक क्षमता बढी भएका धानका जात परीक्षणका रूपमा लगाउन किसानलाई आग्रह गरेका छन् । नेपालमै विकास भएका राधा–१२ तथा मसिना धानतर्फ राधा–१६ लगायतका जात परीक्षणका रूपमा लगाउन सकिने उनले बताए ।

फलेवास नगरस्तरीय कृषि सञ्जालका संयोजक विनोद भुसालले किसानको गुनासो समयमै सम्बोधन गर्दै प्राविधिक सेवा कार्यालयमा मात्र सीमित नराखी खेतसम्मै पुर्‍याउनु महत्त्वपूर्ण रहेको बताए । किसानका खेतमै पुगेर समस्या पहिचान तथा रोग, पोषणको कमी र बाली व्यवस्थापनबारे प्रत्यक्ष जानकारी दिँदा सम्भावित क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

धानमा मरुवा रोग देखिएका क्षेत्रमा मल, पानी र बाली व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने प्राविधिकले बताएका छन् । साथै, आगामी वर्षदेखि धानको दूरी मिलाएर रोप्ने र रोग प्रतिरोधात्मक जातको परीक्षण गर्ने सुझाव दिइएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

 रघुगंगा गाउँपालिकामा नौ वर्षमा सडकदेखि स्वास्थ्य र पर्यटनसम्मका पूर्वाधार विस्तार

सम्बन्धित

मलको खोजीमा ७० किलोमिटर साइकल यात्रा : बर्दियाका किसान महँगो भारतीय युरियाको भरमा

बाजुरामा पहिरोले दुई घर बगायो, १४ परिवार सुरक्षित स्थानमा सारिए

कैलालीका किसानलाई रासायनिक मलको चरम अभाव, भारतबाट महँगोमा ल्याउन बाध्य

अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन, बोलाउँदैमा धाउनु हुँदैन : अमरेशकुमार सिंह

जमिन चर्किएपछि रसुवामा १० परिवारका ३१ जना सुरक्षित स्थानमा सारिए

विदेश जाने योजना त्यागेर अकबरे खेती, पहिलो हप्तामै एक लाख आम्दानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu