ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री बालेन सरकारी गाडीमा पोखरा प्रस्थान, सुरक्षा निकायलाई छैन औपचारिक जानकारी


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ५ : ४५   बजे

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शुक्रबार बिहान सरकारी गाडीमार्फत काठमाडौंहुँदै पोखरातर्फ प्रस्थान गरेका छन्। उनी पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ।

प्रधानमन्त्री शाह सवार गाडी समाचार तयार पार्दासम्म धादिङ पुगेको थियो। उनी शुक्रबार नै पोखरा पुग्ने कार्यक्रम रहेको छ। तर, प्रधानमन्त्रीको पोखरा तथा मुस्ताङ भ्रमणबारे सुरक्षा निकायलाई भने औपचारिक जानकारी गराइएको छैन।

कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले प्रधानमन्त्रीको भ्रमणबारे प्रधानमन्त्री कार्यालय वा गृह मन्त्रालयबाट कुनै औपचारिक जानकारी प्राप्त नभएको बताए।

‘हामीले पनि सञ्चारमाध्यममार्फत जानकारी पायौँ तर उहाँ आउनेबारे औपचारिक जानकारी प्राप्त भएको छैन,’ पासवानले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका सभापति यदु अधिकारीले पनि प्रधानमन्त्रीको भ्रमणबारे पार्टीलाई औपचारिक जानकारी नभएको बताए। उनका अनुसार प्रहरीले भ्रमणबारे आफूहरूसँग जानकारी मागेको छ।

मुस्ताङ प्रहरीलाई पनि प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक जानकारी पुगेको छैन। मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामचन्द्र तिवारीले भीभीआईपी भ्रमणबारे जानकारी नआएको बताए। यद्यपि, सुरक्षा प्रबन्ध गर्न समस्या नरहेको उनको भनाइ छ।

स्रोतका अनुसार प्रधानमन्त्री शाह शुक्रबार अपराह्न पोखरा पुग्नेछन्। पोखरा पुगेपछि उनले कास्कीको अन्नपूर्ण गाउँपालिका–अस्तामस्थित एक रिसोर्टमा रात्रिबास गर्ने तयारी छ। उनका लागि उक्त रिसोर्ट बुक भइसकेको बताइएको छ।

प्रधानमन्त्री शाहले पोखरा र मुस्ताङको भ्रमण गर्ने कार्यक्रम रहे पनि सुरक्षा निकायलाई पूर्वजानकारी नगराइएको विषयले प्रधानमन्त्रीको भ्रमण व्यवस्थापन र सुरक्षा प्रोटोकलमाथि प्रश्न उठाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन पारिवारिक भ्रमणमा पोखरा पुगे, शनिबार मुस्ताङ जाने

बागमतीका मुख्यमन्त्री किरण थापामगरले भदौ ७ गते विश्वासको मत लिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेन पारिवारिक भ्रमणमा पोखरा पुगे, शनिबार मुस्ताङ जाने

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

बागमतीका मुख्यमन्त्री किरण थापामगरले भदौ ७ गते विश्वासको मत लिने

देउवाले महाधिवेशन रोक्न दिएको रिट ‘करेक्सन’का लागि सर्वोच्चबाट फिर्ता लगे

Russia Signals Openness to Ukraine War Negotiations, With Conditions

US Allies Express Concern as Military Assets Shift to Middle East

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu