ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्जेन्टिनाका खेलाडी र फुटबल संघमाथि फिफाको कारबाही, परेडेसलाई १० खेल प्रतिबन्ध


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १० : १५   बजे

काठमाडौं । फिफाले गत महिना सम्पन्न विश्वकपका क्रममा स्पेनसँगको खेलपछि भएको विवादास्पद घटनालाई लिएर अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघमाथि कारबाही गरेको छ।

जुलाई १९ मा मेटलाइफ स्टेडियममा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका खेलाडी तथा अफिसियलहरू स्पेनिस खेलाडीसँग झडपमा उत्रिएका थिए। उक्त घटनामा अर्जेन्टिनाका नाहुएल मोलिना, लिआन्द्रो परेडेस, थियागो अल्माडा तथा सहायक प्रशिक्षक रोबर्टो आयाला संलग्न रहेको फिफाले जनाएको छ।

शुक्रबार बसेको फिफा अनुशासन समितिको बैठकले परेडेसलाई १० खेलको प्रतिबन्धसँगै ९० हजार अमेरिकी डलर जरिबाना गरेको छ।

मोलिनालाई सात खेलको प्रतिबन्ध र ९० हजार डलर जरिबाना तथा अल्माडालाई एक खेलको प्रतिबन्ध र ३० हजार डलर जरिबाना तोकिएको छ। सहायक प्रशिक्षक आयालामाथि तीन खेलको प्रतिबन्ध र ३० हजार डलर जरिबाना गरिएको छ।

त्यस्तै, फिफाले खेलभावनाविपरीत गतिविधि तथा प्रतियोगिताका क्रममा भएका विभिन्न घटनाका लागि अर्जेन्टिना फुटबल संघलाई ३ लाख २१ हजार अमेरिकी डलर जरिबाना गरेको छ।

दुई घरेलु खेलमा दर्शक संख्या आधा

फिफाले अर्जेन्टिनालाई आगामी दुई घरेलु खेल ५० प्रतिशत दर्शक क्षमतामा मात्र सञ्चालन गर्नुपर्ने निर्णयसमेत गरेको छ।

अर्जेन्टिनाका समर्थकले गरेको भेदभावपूर्ण नारा तथा इसारा, विश्वकपपछि भएको झडप र विभिन्न खेलका क्रममा दर्शकले मैदानमा वस्तु फालेका घटनामाथि फिफाले अनुसन्धान गरेको थियो।

अर्जेन्टिना फुटबल संघले तिर्नुपर्ने ३ लाख २१ हजार डलरमध्ये १ लाख डलर रंगभेदविरुद्धको अभियानमा खर्च गर्नुपर्नेछ।

स्पेनका गाभी पनि कारबाहीमा

घटनामा संलग्न स्पेनिस खेलाडी पाब्लो मार्टिन पायेज गाभिरा (गाभी)लाई पनि फिफाले कारबाही गरेको छ। उनलाई एक खेलको प्रतिबन्धसँगै ३० हजार अमेरिकी डलर जरिबाना गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

टप एन्ड टी–२० सिरिज : नर्दन टेरिटरीसँग नेपाल ‘ए’ ८ विकेटले पराजित

टप एन्ड टी–२० मा नेपालको निराशाजनक सुरुआत, एनटी स्ट्राइकसँग ८ विकेटले पराजित

टप एन्ड टी–२० सिरिज : एनटी स्ट्राइकसलाई नेपाल ‘ए’ले दियो १२३ रनको लक्ष्य

टोटनहमले साभिन्होलाई ७५ मिलियन पाउन्डमा भित्र्याउने

नेपालमा ई–स्पोर्ट्सको रोमाञ्च : ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ हुँदै

टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज एनटी स्ट्राइकसँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu