ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउन डोजर चलाइँदै


ABC NEWS
६ भदौ २०८३, शनिबार   ११ : ५५   बजे

जनकपुरधाम । धनुषाको जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु गरिएको छ। शनिबार बिहानदेखि पोखरीका अतिक्रमित डिल खाली गराउन थालिएको हो।

अभियानको पहिलो चरणमा पोखरीका अतिक्रमित डिल खाली गरिनेछ। जनकपुरधाम क्षेत्रमा रहेका ५० वटा पोखरीमध्ये पहिलो चरणमा सातवटा पोखरीलाई अतिक्रमणमुक्त गराउने योजना रहेको जनाइएको छ।

पहिलो चरणको कामपछि मन्दिर परिसरका अतिक्रमित जग्गा खाली गराउने र त्यसपछि अन्य स्थानमा रहेका अतिक्रमण हटाउने योजना रहेको जनकपुरधाम उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाका अनुसार पोखरीनजिक घर भएका केही व्यक्तिले पछाडिपट्टिबाट पोखरीको डिल अतिक्रमण गरी संरचना निर्माण गरेका छन्।

गुठीको अतिक्रमित जग्गा खाली गर्न गत साउन १ गते सूचना जारी गरिएको थियो। त्यसपछि शुक्रबार भदौ ५ गते जनकपुर नगर क्षेत्रमा माइकिङ गरी अतिक्रमित जग्गा खाली गर्न आग्रह गरिएको थियो।

सूचना र सार्वजनिक आह्वानका बाबजुद स्थानीयले आफैँ अतिक्रमित संरचना नहटाएपछि डोजर प्रयोग गरी संरचना हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

मुक्तिनाथदेखि कोरला नाकासम्म : बालेन पुगेको मुस्ताङ किन यति संवेदनशील छ?

व्यवसायीको चिन्ता : ‘बजारमा माग छैन, लगानीकर्ता त्रसित छन्’

शंखमुल होस्टल हत्याकाण्ड : मृतक र आरोपितमध्ये एक युवक अघिल्लो रात सँगै बाहिरिएको खुलेको

भोकै नबसी पनि तौल घटाउन सकिन्छ ? ‘सही खाना छनोट’बारे नयाँ अध्ययनको सन्देश

पेटभित्र क्याप्सुलमा लुकाएको १५० ग्राम सुनजस्तो धातु पाँच दिनपछि बरामद

ट्रम्प प्रशासनले ९० दिनका लागि ‘ग्राउन्ड बिफ’ आयातमा भन्सार छुट दियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu