ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पीएसए नेपाल स्याटेलाइट स्क्वास : दीपक थापाको विजयी सुरुवात


ABC NEWS
६ भदौ २०८३, शनिबार   ६ : २५   बजे

काठमाडौं । नेपालमा पहिलोपटक आयोजना गरिएको ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता–२०२६’ मा नेपाली खेलाडी दीपक थापाले विजयी सुरुवात गरेका छन्।

नेपाल स्क्वास र्याकेट संघको आयोजनामा सातदोबाटोस्थित स्क्वास कोर्टमा भएको खेलमा दीपकले बंगलादेशका बरुआ दुर्जयलाई ३–१ को सेटमा पराजित गरे।

दीपकले पहिलो सेट ११–७ ले जिते पनि दोस्रो सेट बरुआले ११–९ ले आफ्नो पक्षमा पारेका थिए। त्यसपछि दीपकले तेस्रो सेट ११–४ र चौथो सेट पनि ११–४ ले जित्दै खेल आफ्नो पक्षमा पारे।

यस्तै, मलेसियाका अबिनाश अनबसुले नेपालका सरोज लामालाई ३–० को सोझो सेटमा पराजित गरे। उनले पहिलो सेट ११–६, दोस्रो ११–३ र तेस्रो सेट ११–४ ले जिते।

श्रीलंकाका नेभिन्दु लक्मनले इटालीका रेन्जो एन्डोर्नोलाई पनि ३–० ले हराए। नेभिन्दुले पहिलो सेट ११–७, दोस्रो ११–५ र तेस्रो ११–६ ले जिते।

आज पाँच खेल

प्रतियोगिताअन्तर्गत शनिबार साँझ विभिन्न खेल हुनेछन्। बेलुकी ५ बजे नेपालका राकेश परियारले श्रीलंकाका एम. वाकिल एम. शमिलसँग तथा बंगलादेशका हसन आबिदले भारतका अनमय रुंग्टासँग प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै, नेपालका पसाङ भ्लोनले मलेसियाका नितिश मनिमारन, नेपालकी नैना बहादुर मगरले बेलायतका जोन शार्प तथा नेपालका नम्बर १ खेलाडी अराहान्त केशर सिंहले बंगलादेशका अब्दुल ए. सिक्दर सयेमसँग खेल्नेछन्।

प्रतियोगिता निर्देशक तथा नेपाल स्क्वास र्याकेट संघका महासचिव रुपकदास ताम्राकारले खेल तालिकाबारे जानकारी दिएका हुन्।

१६ खेलाडीको सहभागिता

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया र बेलायतका १६ खेलाडी सहभागी छन्। प्रतियोगिता आगामी मंगलबार अर्थात् भदौ ९ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको छ। विजेताले ४००, उपविजेताले २००, सेमिफाइनलमा पुग्ने दुई खेलाडीले जनही १०० तथा क्वार्टरफाइनलमा पुग्ने खेलाडीले जनही ५० अमेरिकी डलर प्राप्त गर्नेछन्। विजेता खेलाडीलाई ट्रफी र प्रमाणपत्रसमेत प्रदान गरिने संघका सचिव महेन्द्रलाल महर्जनले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले गरेका थिए। उद्घाटन समारोह नेपाल स्क्वास र्याकेट संघका अध्यक्ष ध्रुवबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईं समूह र सरकारबीच १४ बुँदे सहमति

एमालेले ओलीलाई हटाउने योजना नरहेको महासचिव पोखरेलको स्पष्टीकरण

सम्बन्धित

टप एन्ड टी–२० : बंगलादेशसँग नेपाल ‘ए’ ९ विकेटले पराजित

टप एन्ड टी–२० : नेपाल ‘ए’द्वारा बंगलादेशलाई १०० रनको लक्ष्य

ज्ञान मन्दिरका ५८ कराँते खेलाडीको बेल्ट परीक्षा सम्पन्न

टप एन्ड टी–२० : नेपाल ‘ए’ आज बंगलादेश हाई–परफर्मेन्ससँग भिड्दै

‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक

विश्वकप फाइनलको झडपपछि अर्जेन्टिनामाथि फिफाको कडा कारबाही, पारेडेसलाई १० खेल प्रतिबन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu