ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियाको डुमामा अन्तर्राष्ट्रिय अनुगमनकर्तालाई पहूँच दिइने


एबीसी न्यूज
४ बैशाख २०७५, मंगलबार   १२ : ०८   बजे

 

अंकारा, ४ वैशाख । संयुक्त राष्ट्रसंघ तथा पश्चिमा राष्ट्रहरु समेतले सिरियाका विभिन्न स्थानमा रासायनिक पदार्थहरु मिसिएको घातक हतियारबाट भएका हमलाहरुको अध्ययनका लागि यस्ता शस्त्रहरु राखिएका भनिएका स्थानको भ्रमण गर्न सिरिया र रुसले अनुमति दिने भएका छन् ।

ती स्थानको भ्रमण र अवलोकनका लागि रुस र सिरियाले अन्तर्राष्ट्रिय अनुगमनकर्ता तथा विज्ञहरूलाई पनि पहूँच दिने जनाएको समाचारमा उल्लेख गरिएको छ ।

यसरी ती स्थानमा रुस र सिरियाले वास्तविकता लुकाउने प्रयास गरिरहेको विदेशी अनुगमनकर्ताहरूले जनाएका छन् । सिरियाली सरकारी सेनाले डुमामा गराएको हमलाको विषयमा सूचना संकलन गर्नबाट रोकिरहेको यसअघि बताइएको थियो ।

यसअघि अमेरिका र उसको गठबन्धनका सदस्य राष्ट्रहरुले ती हतियारहरुको प्रयोग गरिएका भनिएका स्थलहरुमा सिरियाली सेनाले नै प्रमाणहरू नष्ट गरिरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

डुमामा जानका लागि भन्दै शनिवार नै सिरिया पुगेका अन्तर्राष्ट्रिय विज्ञहरुलाई नमुना संकलन गर्न जानबाट सरकारले रोकेको थियो ।

यस घटनाको अन्तर्राष्ट्रिय रुपमा नै विरोध गरिएको छ । विरोधस्वरुप ती विदेशी विज्ञहरुले सरकारले नै ती क्षेत्रमा जान नदिएको भन्दै पहूँचका लागि सिरिया र रुसी सरकारलाई दबाव दिएका थिए ।

पहूँच नदिइएको भन्नु आरोपमात्र

यसैबीच अन्तर्राष्ट्रिय रुपमा अनुगमन गरिरहेको अधिकारीहरूलाई सिरियामा रासायनिक हतियार आक्रमणबारे छानविन गर्न गएको समूहलाई रूस र सिरियाले अवरोध गरेको समाचार आधारहीन भएको क्रेमलिनले जनाएको छ ।

रूसप्रति लगाइएका यस्ता आरोपमा कुनै सत्यता नभएको क्रेमलिनले जनाएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि उक्त आरोपको खण्डन गर्नुभएको छ ।

उहाँले सिरियामा रासायनिक आक्रमण भएको भनिएको घटनाको पूर्वाग्रहरहित अनुसन्धानको पक्षमा रुस रहेको उहाँको भनाई छ ।

रूस र सिरियाले रासायनिक हतियार निवारण सम्बन्धी अन्तर्राष्ट्रिय संगठन ९ओपिसीडब्लु० ले खटाएका हतियार विज्ञ सदस्यलाई सिरियाको डुमामा प्रवेश गर्न अवरोध गरेको बेलायतले जनाएको थियो ।

यही अप्रिल ७ मा भएको भनिएको उक्त आक्रमणमा रूसबाट समर्थन प्राप्त सिरियाली राष्ट्रपति वसर अल–असदको प्रशासनले क्लोरिन र सारिन नामक विषाक्त ग्यास हमला गरेको र त्यसमा परी कम्तमिा पनि ४० जना विद्रोहीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group