ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हल सिटीको सनसनीपूर्ण जित, म्यानचेस्टर युनाइटेड २–० ले पराजित


ABC NEWS
७ भदौ २०८३, आइतबार   ८ : ५५   बजे

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा नौ वर्षपछि फर्किएको हल सिटीले म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गर्दै नयाँ सिजनमा सनसनीपूर्ण सुरुवात गरेको छ। शनिबार एमकेएम स्टेडियममा भएको खेलमा नवप्रवेशी हलले युनाइटेडलाई सहजै दबाबमा राख्दै जित दर्ता गरेको हो।

हल सिटीका लागि सेमी अजायीले १७औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। कर्नरबाट आएको बलमा अजायीले नजिकबाट गोल गरेका थिए। ३८औँ मिनेटमा नोबेल मेन्डीले फ्री-किकमा हेडरमार्फत गोल थपेपछि हलले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो।

दोस्रो हाफमा युनाइटेडले खेलमा फर्कने प्रयास गरे पनि हलको संगठित रक्षापंक्तिलाई पार गर्न सकेन। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक माइकल क्यारिकले दोस्रो हाफको सुरुवातमै मार्कस रासफोर्डलाई मैदानमा उतारे पनि खेलको नतिजा बदल्न सकेनन्।

यस जितसँगै हल सिटीले प्रिमियर लिगमा नौ वर्षपछि फर्किँदा नै प्रभावशाली तीन अंक जोडेको छ। यो प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध हलको पहिलो जितसमेत हो।

युनाइटेडले भने सिजनको सुरुवातमै निराशाजनक प्रदर्शन गरेको छ। गत सिजन क्यारिकको नेतृत्वमा तेस्रो स्थान हासिल गर्दै च्याम्पियन्स लिगमा छनोट भएको टोलीले नयाँ सिजनमा अपेक्षित प्रदर्शन गर्न सकेन।

शनिबारकै अन्य खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई २–०, इप्सविच टाउनले सन्डरल्यान्डलाई २–१ र लिड्स युनाइटेडले नटिङ्घम फरेस्टलाई १–० ले पराजित गरेका छन्। टोटनहम भने ब्रेन्टफोर्डसँग ३–० ले पराजित भएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

सम्बन्धित

एसियाडमा नेपालको नियमित सहभागिता, उत्कृष्ट नतिजा कहिल्यै आएन

वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा सन्तोषीलाई कांस्य, सोमबहादुरले बनाए राष्ट्रिय कीर्तिमान

बायर्न म्युनिखले जित्यो डीएफएल सुपरकप, डर्टमन्ड २–१ ले पराजित

इन्टर मिलानको विजयी सुरुवात, मोन्जामाथि ४–१ को शानदार जित

रियल मड्रिडको विजयी सुरुवात, इस्पानियोलमाथि २–१ को संघर्षपूर्ण जित

बेलिङघम र एस्पी चम्किँदा रियाल मड्रिडको रोमाञ्चक जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu