ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, ताक्सुगाडमा यातायात पुनः सञ्चालन


ABC NEWS
७ भदौ २०८३, आइतबार   १० : ०५   बजे

जाजरकोट । बाढीले बगाएको भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडको सडक नौ दिनपछि पुनः सञ्चालनमा आएको छ।

गत साउन २८ गते राति परेको अविरल वर्षापछि ताक्सुगाड खोलामा आएको बाढीले सडक, पुल तथा चारवटा घर बगाउँदा जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक र पुलमा क्षति पुगेपछि जाजरकोटबाट डोल्पातर्फ जाने यातायात सेवा ठप्प भएको थियो।

सडक अवरुद्ध हुँदा यात्रु, स्थानीय बासिन्दा तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका थिए। भेरी करिडोर सडक योजनाले तत्काल मर्मत तथा वैकल्पिक रूपमा यातायात सञ्चालनको काम अघि बढाएपछि आइतबारदेखि सडक खुलाइएको हो। नलगाड नगरपालिकाको समन्वयमा सडक सञ्चालनमा ल्याइएको बताइएको छ।

जाजरकोटका सांसद खड्कबहादुर बुढाले स्थलगत अनुगमन गरी तत्काल वैकल्पिक व्यवस्था गरेर भए पनि सडक सञ्चालन गर्न आग्रह गरिएको बताए।

‘म आफैँ पनि स्थलगत अनुगमनमा पुगेको थिएँ। समयमै वैकल्पिक रूपमा भए पनि सञ्चालनमा ल्याउन आग्रह गरेको थिएँ। आजदेखि सञ्चालनमा आएको छ,’ उनले भने।

सडक खुलेसँगै जाजरकोटबाट डोल्पाको त्रिपुराकोट, छलगाडलगायत क्षेत्रमा जाने सवारीसाधन सञ्चालनमा आएका छन्।

जोखिम भने कायमै

सांसद बुढाका अनुसार ताक्सुगाडमा सडक खुले पनि यातायात पूर्ण रूपमा सुरक्षित भने भइसकेको छैन। खोलामा पानीको बहाव बढेमा सडक पुनः अवरुद्ध हुन सक्ने जोखिम कायमै रहेको उनले बताए।

भेरी करिडोर पूर्ण रूपमा मर्मत भइनसकेको र हाल वैकल्पिक व्यवस्थामार्फत यातायात सञ्चालन गरिएको जनाइएको छ। ताक्सुगाड खोलाको बहाव जोखिमपूर्ण रहेकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s New Artificial Lake Aims to Boost Tourism and Agriculture

Heavy Monsoon Rainfall Forecast Across Nepal, Risk of Landslides and Flooding

Nepal’s Prime Minister Returns to Kathmandu After Mustang Visit

Nepal Imports Over $183 Million in Agricultural Products Through Eastern Border

Nepal Government Reaches Agreement With Family Of Slain Toddler

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख १९ हजार ५ सय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu