ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक छ : पम्फा भुसाल


ABC NEWS
७ भदौ २०८३, आइतबार   १० : १५   बजे

काठमाडौं । नेकपा नेतृ पम्फा भुसालले कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक रहेको बताएकी छन्। नेकपा कोशी प्रदेश सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताको नाममा ठूलो र भद्दा संगठन बनाउनु उचित नहुने धारणा व्यक्त गरिन्।

भुसालले केन्द्रीय कार्य संयोजन समितिमा संगठनको संरचनाबारे छलफल भइरहेको जानकारी दिँदै अहिलेका कमिटीहरूमा दोहोरो संवाद हुने अवस्था नरहेको बताइन्।

उनले भनिन्, “तलका समितिहरू यति ठूला बनेर गएका छन्, जहाँ दोहोरो संवाद हुँदैन। यहाँ केन्द्रीय सदस्यकै यो लाइन उस्तै छ। दोहोरो संवाद हुने गरेर हाम्रा कमिटी बनेका छैनन्।”

भुसालले विगतमा कम्युनिस्ट हुनुको अर्थ त्याग, आदर्श र निष्ठासँग जोडिने गरेको भए पनि पछिल्लो समय पदकेन्द्रित प्रवृत्ति बढेको आरोप लगाइन्। भुसालले पदाधिकारीस्तरको कमिटी नै ४५ सदस्यीय रहेको उल्लेख गर्दै अत्यधिक ठूलो केन्द्रीय समिति प्रभावकारी हुन नसक्ने बताइन्।

उनले भनिन्, “दर्जन सह–इन्चार्ज, दर्जन सह–संयोजक आदि–इत्यादि पनि हाम्रा निम्ति स्वीकार्य छन्। २४ सय ९९ सदस्यको केन्द्रीय समिति यो कम्युनिस्ट पार्टी बन्ने बाटो होइन।” भुसालले आगामी मंसिरमा हुने महाधिवेशनमार्फत चुस्त–दुरुस्त कम्युनिस्ट पार्टी निर्माण गर्ने बताइन्। उनले पार्टी एकता र आन्तरिक संवादलाई प्राथमिकता दिँदै संगठनको आकारभन्दा प्रभावकारी कार्यसम्पादनमा ध्यान दिनुपर्नेमा जोड दिइन्। उनका अनुसार ठूलो आकारको केन्द्रीय समिति कम्युनिस्ट पार्टीको संगठनात्मक आचरणअनुकूल नहुने भएकाले महाधिवेशनमार्फत संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s New Artificial Lake Aims to Boost Tourism and Agriculture

Heavy Monsoon Rainfall Forecast Across Nepal, Risk of Landslides and Flooding

Nepal’s Prime Minister Returns to Kathmandu After Mustang Visit

Nepal Imports Over $183 Million in Agricultural Products Through Eastern Border

Nepal Government Reaches Agreement With Family Of Slain Toddler

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख १९ हजार ५ सय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu