ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानिज इन्सेफ्लाइटिसबाट २१ जनाको मृत्यु, २५ जिल्लामा ८० संक्रमित


ABC NEWS
८ भदौ २०८३, सोमबार   १२ : २५   बजे

काठमाडौं । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेइ) को संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाको पछिल्लो तथ्यांकअनुसार देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जनामा प्रयोगशालाबाट जापानिज इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ८६ प्रतिशतले जेइविरुद्धको खोप नलगाएको पाइएको छ।

संक्रमितमध्ये हालसम्म २१ जनाको मृत्यु भएको छ। मृत्यु भएका सबैले जेइ खोप नलगाएको महाशाखाले जनाएको छ।

झापामा सबैभन्दा बढी संक्रमित

जेइ संक्रमण सबैभन्दा बढी झापामा १० जनामा पुष्टि भएको छ। कैलाली र मोरङमा सात–सात, सप्तरी र कञ्चनपुरमा छ–छ तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा पाँच–पाँच जनामा संक्रमण देखिएको छ।

मुख्यतः तराई तथा भित्री मधेसका जिल्लामा संक्रमण देखिए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौं, सिन्धुली र सुर्खेतलगायत पहाडी जिल्लामा समेत संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ।

जापानिज इन्सेफ्लाइटिस संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ। धानखेत तथा सुँगुरपालन हुने क्षेत्रमा यसको जोखिम बढी हुने गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ। संक्रमित सुँगुर, बङ्गुर वा हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा भाइरस सर्न सक्छ।

उच्च ज्वरो आए तत्काल अस्पताल जान आग्रह

उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तन हुनेजस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जान महाशाखाले आग्रह गरेको छ।

पुष्टि भएका ८० संक्रमितमध्ये ५१ जना अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन्। जेइबाट मृत्यु भएकामध्ये ५० वर्षभन्दा माथिका व्यक्तिको संख्या ८१ प्रतिशत रहेको छ। संक्रमितमध्ये ४३ जना पुरुष र ३७ जना महिला छन्।

स्वास्थ्य विभागका अनुसार जापानिज इन्सेफ्लाइटिस संक्रमण भएका प्रत्येक तीन जनामध्ये करिब एक जनाको मृत्यु हुनसक्छ भने अर्को एक जनामा दीर्घकालीन अपाङ्गता वा स्नायुसम्बन्धी समस्या देखिन सक्छ।

खोप लगाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसबाट बच्ने प्रभावकारी उपायमध्ये खोप प्रमुख रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सरकारले १२ महिनाको उमेरमा बालबालिकालाई जेइ खोप दिने गरेको छ। छुटेका बालबालिकालाई पाँच वर्षको उमेरसम्म खोप लगाउन सकिने व्यवस्था छ।

परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जेइबाट बच्न खोप अनिवार्य रहेको भन्दै खोप छुटेका बालबालिकालाई शीघ्र खोप लगाउन आग्रह गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौ २५–२७ मा एमाले केन्द्रीय कमिटी बैठक बोलाउने ओलीको निर्देशन

किरण थापा मगरले पाए विश्वासको मत, राप्रपाका ७ सांसदले गरे फ्लोर क्रस

सम्बन्धित

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

३१ वर्षदेखि एउटै अध्यक्ष, २१ वर्षदेखि अधिवेशन छैन; साधारणसभा गराइदिन ठेकेदार पुगे सीडीओकहाँ

बागमतीमा नयाँ सत्ता समीकरण: एमाले–नेकपा–राप्रपाबीच सातबुँदे समझदारी, ७ सदस्यीय संयन्त्र गठन

बुधबार मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu