ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार आंगिक क्याम्पसको आकस्मिक निरीक्षणमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको टोली


ABC NEWS
८ भदौ २०८३, सोमबार   ३ : ३५   बजे

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरको उपकुलपति, रजिस्ट्रार र विभिन्न सङ्कायका डिनसहितको उच्चस्तरीय टोलीले विश्वविद्यालयअन्तर्गतका चार आंगिक क्याम्पसको स्थलगत निरीक्षण गर्दै शैक्षिक तथा प्रशासनिक अवस्थाबारे छलफल गरेको छ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. ऋषिराम कट्टेलका अनुसार टोलीले कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट, सिन्धुली, कटारी, पाख्रिबास र बर्दिबास क्याम्पसको आकस्मिक निरीक्षण गरेको हो।

तीमध्ये कटारी क्याम्पसमा वन विज्ञानतर्फ स्नातक तहको अध्ययन–अध्यापन हुँदै आएको छ भने अन्य तीन क्याम्पसमा कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययन सञ्चालन भइरहेको विश्वविद्यालयले जनाएको छ।

विद्यार्थी, शिक्षक र कर्मचारीसँग छलफल

निरीक्षणका क्रममा विश्वविद्यालयको टोलीले विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा सम्बन्धित क्याम्पस प्रमुखसँग छुट्टाछुट्टै छलफल गरेको उपकुलपति कट्टेलले जानकारी दिए।

उनका अनुसार क्याम्पसहरूको भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर, विद्यार्थी भर्ना, सुशासन, पारदर्शिता र जवाफदेहितालगायत विषयमा छलफल गरिएको थियो।

‘ती क्याम्पसको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा, विद्यार्थी भर्ना, सुशासन, पारदर्शिता र जवाफदेहितालगायत विषयमा छलफल गरी सुझाव लिइएको छ,’ उपकुलपति कट्टेलले भने, ‘कतिपय समस्या तत्काल समाधान हुने प्रकृतिका भएकाले आवश्यक निर्देशनसमेत दिइएको छ।’

उपकुलपतिसहित उच्चस्तरीय टोली

अनुगमन टोलीमा उपकुलपति प्रा.डा. कट्टेलसँगै विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. सुबिर सिंह, कृषि सङ्कायका डिन प्रा.डा. सुन्दर तिवारी तथा वन सङ्कायका डिन प्रा.डा. गान्दिप काफ्ले सहभागी थिए।

टोलीले क्याम्पसहरूको शैक्षिक अवस्था सुधारसँगै नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना बढाउन प्रभावकारी प्रचारप्रसार गर्न पनि सम्बन्धित क्याम्पस प्रशासनलाई आग्रह गरेको छ।

कृषि, वनदेखि पशु चिकित्सा र मत्स्य विज्ञानसम्म अध्ययन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि, वन, पशु चिकित्सा तथा पशुपालन र मत्स्य विज्ञान विषयमा स्नातक तथा स्नातकोत्तर तहदेखि उच्च शिक्षासम्मको अध्ययन–अध्यापन हुँदै आएको छ।

विश्वविद्यालयले आंगिक क्याम्पसहरूको शैक्षिक गुणस्तर र पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै नियमित अनुगमन तथा आवश्यक सुधारका कार्यक्रम अघि बढाउने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सारछलीको मोबाइलसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

सम्बन्धित

‘स्टार वडाध्यक्ष’ पुस्तक विमोचन, ५१ वडाध्यक्षका काम र संघर्ष समेटिए

विद्यालय कर्मचारीको पारिश्रमिक बढेपछि आन्दोलन स्थगित

सातै प्रदेशमा अटिज्म भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने

गोरखापत्रको लोक सेवा तयारी विशेष कक्षाको २०औँ श्रृङ्खला सार्वजनिक

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

नौ विश्वविद्यालय पदाधिकारीविहीन, बजेटदेखि प्रमाणपत्र वितरणसम्म प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu