काठमाडौं । देशभर परेको वर्षाका कारण आज भदौ ९ गते १५ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, रसुवा, तनहुँ, लमजुङ, कास्की, दैलेख र सुर्खेतका साना नदी तथा खोलामा पानीको बहाव केही घण्टामै बढ्न सक्ने सम्भावना छ। यी क्षेत्रमा मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, त्रिशूली, दूधकोसीलगायत केही ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ। नदी आसपासका बस्तीमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
सुरक्षित स्थानमा जान आग्रह
महाशाखाले वर्षाका कारण बाढीको जोखिम बढेकाले नदी तथा खोला किनारमा रहेका घरपरिवारलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ।
स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायलाई पनि सम्भावित विपद्का लागि आवश्यक तयारी र पूर्वसतर्कता अपनाउन अनुरोध गरिएको छ।
वर्षासँगै पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत बढेकाले पहाडी तथा नदी किनारका बासिन्दालाई विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्