ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्य र तथ्यमा आधारित पत्रकारिता गर्न मुख्यमन्त्री कार्कीको आग्रह


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ३ : ५५   बजे

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गरेका छन्।

नेपाल पत्रकार महासंघ कोसी प्रदेशले मंगलबार आयोजना गरेको ‘पत्रकार दुर्घटना बिमा’ कार्यक्रम शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले सत्य र तथ्यमा आधारित पत्रकारिताले मात्र समाजलाई बलियो बनाउने बताए।

उनले पत्रकारको दुर्घटना बिमा प्रभावकारी बनाउन बिमा कम्पनीहरूले बीमितलाई भुक्तानी गर्ने प्रक्रिया सहज र सरल बनाउनुपर्नेमा जोड दिए।

प्रदेश सरकारले स्थापना गरेको प्रदेश सञ्चार प्रतिष्ठानमार्फत पत्रकारको हकहितका लागि आवश्यक काम गर्न बजेटको अभाव हुन नदिने प्रतिबद्धता पनि मुख्यमन्त्री कार्कीले जनाए।

आफ्नो नेतृत्वको प्रदेश सरकारले सबै राजनीतिक दलसँग सहकार्य गर्दै काम गरिरहेको उल्लेख गर्दै उनले पत्रकार तथा व्यवसायीलाई आफ्नो पेसामा टिकाइराख्न बिमा क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए।

जोखिमपूर्ण पेसा पत्रकारिता

कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकारिता साहसिक तथा जोखिमपूर्ण पेसा भएकाले दुर्घटना बिमा कार्यक्रमबाट पत्रकार लाभान्वित हुने बताए।

उनका अनुसार कोसी प्रदेशका १ हजार २०० पत्रकारको एक वर्षको दुर्घटना बिमाको खर्च प्रदेश सरकारले व्यहोरेको छ।

नेपाल पत्रकार महासंघले आवश्यकता महसुस गरे आगामी दिनमा पनि दुर्घटना बिमा कार्यक्रमलाई निरन्तरता दिन प्रदेश सरकार सकारात्मक रहेको मन्त्री शेर्पाले बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विमानस्थलमा बगेका आँसु : रेमिट्यान्सको पछाडि लुकेको नेपाली परिवारको कथा

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सुदन किरातीले भने– ‘हर्क साम्पाङको कार्यशैली सच्याउनुपर्छ’

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

Energy Sector Donates Rs. 21M to PM Disaster Relief Fund

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu