ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाडा अटो शोमा सवारी कर्जाको अफर, बैंकहरूले ५.१७ प्रतिशतदेखि ब्याजदर ल्याए


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ६ : ०५   बजे

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो २०२६ लाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले सवारी कर्जामा विभिन्न सहुलियत योजना ल्याएका छन्।

अटो शोमा सहभागी बैंकहरूले छुट्टाछुट्टै स्टल राखेर सवारी खरिद गर्ने ग्राहकलाई कर्जा तथा वित्तीय सेवासम्बन्धी जानकारी र सुविधा उपलब्ध गराइरहेका छन्। अधिकांश बैंकले करिब ५.९९ प्रतिशत आसपासको ब्याजदरमा सवारी कर्जा दिने योजना ल्याएका छन्।

एनआईसी एशिया बैंकले ‘सपनाको गाडी अब तपाईंकै अगाडि’ नारासहित ५.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम सात वर्षका लागि सवारी कर्जा उपलब्ध गराउने जनाएको छ।

त्यस्तै, नबिल बैंकले ५.१७ प्रतिशत, नेपाल बैंकले ५.६३ प्रतिशत र प्रभु बैंकले ५.५२ प्रतिशत ब्याजदरमा कर्जा योजना ल्याएका छन्। ग्लोबल आइएमई बैंकले ५.७ प्रतिशत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने जनाएको छ।

कृषि विकास बैंकले भने प्रिमियममा ३३ प्रतिशत छुटसहितको कर्जा योजना सार्वजनिक गरेको छ।

तत्काल कर्जा उपलब्ध गराउने सुविधा

नाडा अटो शोमा सात वटा वाणिज्य बैंकले सवारी खरिद गर्ने ग्राहकलाई कर्जा प्रक्रियामा सहजीकरण गर्दै तत्काल सेवा उपलब्ध गराउने व्यवस्था गरेका छन्।

बैंकहरूले ग्राहकलाई आकर्षित गर्न ७ देखि १० वर्षसम्मको कर्जा अवधि, प्रतिस्पर्धी ब्याजदर तथा केही योजनामा स्थिर ब्याजदरको सुविधा दिएका छन्।

अटो शोमा सवारी खरिदको निर्णय गर्ने ग्राहकले प्रदर्शनीस्थलमै बैंकका प्रतिनिधिबाट कर्जा प्रक्रिया, आवश्यक कागजात, ब्याजदर र भुक्तानी अवधिबारे जानकारी लिन सक्ने व्यवस्था गरिएको छ।

नाडा अटो शोमा सवारीसाधनसँगै बैंक तथा वित्तीय संस्थाका कर्जा योजनाले पनि ग्राहकको ध्यान तानेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौ २५–२७ मा एमाले केन्द्रीय कमिटी बैठक बोलाउने ओलीको निर्देशन

किरण थापा मगरले पाए विश्वासको मत, राप्रपाका ७ सांसदले गरे फ्लोर क्रस

सम्बन्धित

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

३१ वर्षदेखि एउटै अध्यक्ष, २१ वर्षदेखि अधिवेशन छैन; साधारणसभा गराइदिन ठेकेदार पुगे सीडीओकहाँ

बागमतीमा नयाँ सत्ता समीकरण: एमाले–नेकपा–राप्रपाबीच सातबुँदे समझदारी, ७ सदस्यीय संयन्त्र गठन

बुधबार मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu