ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अदालत सेटिङ’को आरोपप्रति कांग्रेस नेता दीपक खड्काको आपत्ति


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ६ : १५   बजे

काठमाडौं । नेपाली कांग्रेसका देउवा पक्षीय नेता दीपक खड्काले आफूले अदालत ‘सेटिङ’ गरेको भन्दै भइरहेको प्रचारप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै खड्काले न्याय खोज्ने क्रममा आफ्नो नाम जोडेर अदालत ‘सेटिङ’ गरेको आरोप लगाइनु स्वतन्त्र न्यायपालिकाप्रति अविश्वास पैदा गर्ने नियोजित प्रयास भएको बताएका छन्।

उनले सर्वोच्च अदालतमा उत्प्रेषण, प्रतिषेध र परमादेशको मागसहित अन्तरकालीन आदेश जारी गर्न निवेदन दर्ता गराएको स्पष्ट पारेका छन्। कांग्रेसको आन्तरिक जीवनमा भएका केही अन्यायपूर्ण घटनामा न्याय खोज्न आफू सर्वोच्च अदालत पुगेको उनको भनाइ छ।

‘अदालत सेटिङ’ गरेको भन्दै आफू समेतको नाम जोडेर गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले यस्तो कुप्रचारप्रति खेद व्यक्त गरेका छन्।

खड्काले अदालतको गरिमा घटाउने योजनाबद्ध प्रयासप्रति सचेत रहन आग्रह गरेका छन्। आफू न्याय र स्वतन्त्रताको पक्षमा लड्ने ‘सिपाही’ भएको उल्लेख गर्दै उनले सबै अदालतप्रति समान विश्वास र भरोसा रहेको बताएका छन्।

कुसुम थापाको टिप्पणी

यसैबीच कांग्रेस केन्द्रीय सदस्य कुसुम थापाले पनि सामाजिक सञ्जालमार्फत खड्काको दाबीप्रति टिप्पणी गरेकी छन्।

उनले लेखेकी छन्, ‘तपाईंसँग धेरै पैसा छ भन्ने एक वर्षअघि जेन–जी आन्दोलनकै बेलाको भिडियोमा देख्यौँ हामीले पनि। तर, छ भन्दैमा अदालतका कर्मचारीदेखि श्रीमान्सम्म मिलाएको छु भन्दै नहिँड्नुहोला।’

अदालतमा दायर निवेदन र त्यससँग जोडिएको आरोप–प्रत्यारोपले कांग्रेसभित्रको आन्तरिक विवाद थप सार्वजनिक भएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौ २५–२७ मा एमाले केन्द्रीय कमिटी बैठक बोलाउने ओलीको निर्देशन

किरण थापा मगरले पाए विश्वासको मत, राप्रपाका ७ सांसदले गरे फ्लोर क्रस

सम्बन्धित

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

३१ वर्षदेखि एउटै अध्यक्ष, २१ वर्षदेखि अधिवेशन छैन; साधारणसभा गराइदिन ठेकेदार पुगे सीडीओकहाँ

बागमतीमा नयाँ सत्ता समीकरण: एमाले–नेकपा–राप्रपाबीच सातबुँदे समझदारी, ७ सदस्यीय संयन्त्र गठन

बुधबार मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu