ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असोज ७  देखि पोखरा–दुबई नियमित उडान, पर्यटन व्यवसायी र युएई राजदूत सक्रिय


ABC NEWS
१० भदौ २०८३, बुधबार   ६ : ५५   बजे

पोखरा  । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि आजदेखि नियमित हवाई उडान सुरु हुँदैछ। पोखरालाई सिधै मध्यपूर्वसँग जोड्ने यस उडानलाई दीर्घकालसम्म निरन्तरता दिने उद्देश्यले हवाई कम्पनी, पोखराका पर्यटन व्यवसायी तथा नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सक्रिय भएका छन्।

फ्लाई दुबईले सेप्टेम्बर २३ अर्थात् गतेदेखि पोखरा–दुबई नियमित उडान सुरु गर्न लागेको हो। यो उडानलाई गण्डकी प्रदेश र पोखराको पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक तथा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

यसै विषयमा नेपालका लागि युएईका राजदूत अब्दुल्लाह साइद मुबारक जरवान अलसाम्सी र पोखराका पर्यटन व्यवसायीबीच छलफल भएको छ। उडानलाई दिगो र प्रभावकारी बनाउन सबै पक्षले समन्वय गरेर काम गर्नुपर्नेमा छलफल केन्द्रित भएको बताइएको छ।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी तथा होटल सङ्घ गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरेलगायतले राजदूत अलसाम्सीसँग भेटवार्ता गरेका हुन्।

मध्यपूर्वदेखि पोखरासम्म सिधा पहुँच

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष श्रेष्ठले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपालीलाई सिधै पोखरा ल्याउन तथा विदेशी पर्यटकको आगमन बढाउन यो उडान महत्वपूर्ण हुने बताए।

उनका अनुसार पोखरा–दुबई हवाई सम्पर्कले पोखरालाई मध्यपूर्व हुँदै युरोप र अमेरिकासम्म जोड्ने सम्भावना पनि बढाउनेछ। दुबई–पोखरा रुटमा यात्रुको बुकिङसमेत उत्साहजनक रहेको उनको भनाइ छ।

राजदूत अलसाम्सीले पोखरामा अन्तर्राष्ट्रिय पाहुनाको सिधा आगमन सुरु हुनु नेपालको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण अवसर भएको बताएका छन्। उनले उडानलाई दीर्घकालसम्म सञ्चालनमा राख्न सरकारी निकाय, निजी क्षेत्र र पर्यटन व्यवसायी सबैको साझा पहल आवश्यक रहेकोमा जोड दिए।

दैनिक उडान, १ सय ६६ सिटको जहाज

फ्लाई दुबईले यस रुटमा बोइङ ७३७ विमान सञ्चालन गर्नेछ। १ सय ६६ सिट क्षमताको उक्त विमानले नियमित उडानका लागि आवश्यक अनुमति लिइसकेको बताइएको छ।

उडान तालिकाअनुसार विमान हरेक दिन बेलुकी ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। त्यसपछि बेलुकी ७ः१५ बजे पोखराबाट दुबईका लागि प्रस्थान गर्नेछ।

पोखरा–दुबई हवाई यात्रा करिब पाँच घण्टाको हुने जनाइएको छ। यससँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित अन्तर्राष्ट्रिय उडान विस्तार र पोखराको पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना थपिने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

सम्बन्धित

नाडा अटो शोमा भेस्पा–अप्रिलियाको ‘सेभिङ एक्स्ट्राभागान्जा’, २८ हजार ५ सयसम्मको लाभ

उपल्लो मुस्ताङका ६ सय वर्ष पुराना चोर्टेन संरक्षणको पर्खाइमा

 सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध निर्वाचित

दैनिक १२ सयदेखि बिदाका दिन ५ हजारसम्म आगन्तुक, सदर चिडियाखानामा स्थान अभावको चुनौती

पोखरा–दुबई नियमित उडान सफल बनाउन पर्यटन व्यवसायी र यूएई राजदूतबीच छलफल

पोखरामा नाइट लाइफ : पर्यटनको अवसर कि स्थानीयका लागि समस्या?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu