ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान


ABC NEWS
१० भदौ २०८३, बुधबार   ७ : ०५   बजे

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा सुलेमान खानले आफ्ना बुवालाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको आरोप लगाएका छन्।

इमरान खानका वकिल जेरेड जेन्सरले मंगलबार आयोजना गरेको अनलाइन पत्रकार सम्मेलनमा बोल्दै सुलेमानले जेलमा रहेका बुवाको स्वास्थ्य र सुरक्षालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका हुन्।

सुलेमानका अनुसार उनले र परिवारका सदस्यले इमरान खानसँग पछिल्लोपटक मार्चमा फोनमार्फत कुरा गरेका थिए। त्यसयता परिवारलाई उनीसँग फोनमा सम्पर्क गर्न अनुमति नदिइएको उनको दाबी छ।

‘हामीले अन्तिमपटक मार्चमा उहाँसँग फोनमा कुरा गरेका थियौँ। त्यसपछि उहाँसँग कुरा गर्न अनुमति दिइएन,’ सुलेमानले भने, ‘हामीले कुरा गर्दा उहाँ उत्साहित देखिनुहुन्थ्यो, तर निरन्तर एकान्तवासले उहाँलाई असर गरिरहेको छ।’

उनले हालै आफ्नी काकीले इमरान खानलाई जेलमा भेटेको र भेटका क्रममा इमरानले आफूलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको महसुस भएको बताएको दाबी गरे।

पत्रकार सम्मेलनमा इमरानका अर्का छोरा कासिम खानले पनि बुवाको स्वास्थ्य अवस्थाबारे स्वतन्त्र चिकित्सकबाट परीक्षण र उपचार गराउन माग गरे।

‘हामी स्वतन्त्र चिकित्सकहरूले उहाँको उपचार गरून् भन्ने चाहन्छौँ,’ कासिमले भने, ‘हामी उहाँलाई निष्पक्ष अस्पतालमा उपचार गराउन चाहन्छौँ। सरकारले उहाँ पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ भन्छ भने त्यसको प्रमाण सार्वजनिक गर्नुपर्छ।’

सर्वोच्च अदालतको आदेशपछि अस्पताल लगेर पुनः जेल फर्काइयो

गत अगस्ट १८ मा पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई उपचारका लागि इस्लामाबादस्थित सिफा अस्पताल लैजान र सेप्टेम्बर १६ सम्म अस्पतालमै राखेर उपचार गर्न आदेश दिएको बताइएको छ।

आदेशपछि उनलाई गत बिहीबार राति आदियाला जेलबाट अस्पताल लगिएको थियो। तर, उपचार आवश्यक नरहेको भन्दै भोलिपल्ट बिहानै उनलाई पुनः जेल फर्काइएको दाबी गरिएको छ।

यस घटनापछि इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई)का वर्तमान अध्यक्ष ब्यारिस्टर गौहर अली खानले सरकारविरुद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दायर गरिने बताएका छन्।

लन्डनमा रहेका छोराहरूको बढ्दो चिन्ता

इमरान खानका दुई छोरा सुलेमान र कासिम आफ्नी आमा जेमिमा गोल्डस्मिथसँग लन्डनमा बस्दै आएका छन्। जेमिमा इमरान खानकी पूर्वपत्नी हुन्।

यसअघि जेमिमाले पनि सामाजिक सञ्जालमार्फत इमरान खानको स्वास्थ्य र सुरक्षालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेकी थिइन्। उनले आफ्ना पूर्वपतिको अवस्थाबारे ध्यानाकर्षण गराउँदै सहयोगका लागि बेलायती सरकारसँग आग्रहसमेत गरेकी थिइन्।

इमरान खान लामो समयदेखि विभिन्न मुद्दामा जेलमा रहेका छन्। पछिल्लो समय उनको स्वास्थ्य अवस्था, जेलभित्रको बसाइ र उपचारको विषयलाई लिएर परिवार तथा पीटीआईले प्रश्न उठाउँदै आएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

सम्बन्धित

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

अमेरिकाको नयाँ प्रतिबन्धको घेरामा इरानका व्यापारिक साझेदार, चीनदेखि पाकिस्तानसम्म दबाब बढ्ने

सीआईए निर्देशक रेटक्लिफको अचानक मस्को भ्रमण, उद्देश्यबारे रहस्य कायम

ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सी जिनपिङ भारत आउने सम्भावना, ४०० सदस्यीय टोलीको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu