ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवाको भीषण बाढी वर्षाका कारण होइन : मौसमविद् अर्याल


ABC NEWS
१० भदौ २०८३, बुधबार   १२ : ०५   बजे

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढी स्थानीय रूपमा भएको भारी वर्षाका कारण नभएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले स्पष्ट पारेका छन्।

उनका अनुसार बितेको २४ घण्टामा रसुवा जिल्लाका विभिन्न स्थानमा सामान्य वर्षा मात्रै भएको छ। उक्त अवधिमा वर्षाको मात्रा सात मिलिमिटरभन्दा बढी नरहेको प्रारम्भिक विवरणले देखाएको उनले बताए।

यति कम वर्षाका बाबजुद ठूलो विनाश निम्त्याउने गरी बाढी आउनुले यसको कारण सामान्य मौसमी वर्षा नभएको संकेत गरेको मौसमविद् अर्यालको भनाइ छ।

हिमताल वा प्राकृतिक बाँध फुटेको आशंका

बाढीको सम्भावित कारणका रूपमा हिमताल फुटेको वा अन्य कुनै प्राकृतिक अवरोध भत्किँदा एक्कासि ठूलो परिमाणमा पानी बगेको हुन सक्ने आशंका गरिएको छ।

“सबै तहसनहस हुनेगरी कसरी बाढी आयो भन्नेबारे थप अनुसन्धान गरिनेछ,” वरिष्ठ मौसमविद् अर्यालले बताएका छन्।

बाढीको वास्तविक कारण पत्ता लगाउन विस्तृत अध्ययन आवश्यक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सम्भावित हिमताल विस्फोट, हिमपहिरो वा पहिरोका कारण नदी थुनिएर बनेको अस्थायी बाँध फुटेको हुन सक्ने विषयमा समेत अनुसन्धान केन्द्रित हुने बताइएको छ।

हाल प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण संकलनसँगै बाढीको स्रोत र वास्तविक कारण पहिचान गर्ने प्रयास भइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा सात जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा सात जनाको मृत्यु

बाढी प्रभावितको उद्धारका लागि १२ हेलिकोप्टर परिचालन

विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय

रसुवा बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार कार्य गर्न सरकारको ध्यानाकर्षण

भोटेकोसी बाढीको जोखिम सुस्तासम्म फैलिन सक्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu