ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीको भयावह दृश्य : सयौँ कन्टेनर बग्यो, चीन जाने बाटोको ‘नक्सा नै छैन’


ABC NEWS
१० भदौ २०८३, बुधबार   १२ : ०५   बजे

काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालय क्षेत्रमा बुधबार आएको भीषण बाढीले यार्डमा रहेका सयौँ कन्टेनर बगाएको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। बाढीले रसुवागढी नाका हुँदै चीनसँग हुने व्यापार तथा ढुवानी प्रणालीमा समेत गम्भीर क्षति पुर्‍याएको बताइएको छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव आङदोर्जे शेर्पाका अनुसार टिमुरे भन्सार यार्डमा रहेका करिब दुई सय कन्टेनर बाढीले बगाएको छ। त्यसैगरी चीनतर्फ सामान लिन जाने क्रममा लाइनमा रहेका करिब तीन सय कन्टेनरसमेत बाढीको चपेटामा परेका छन्।

“सयमा १० प्रतिशतजति मात्रै बाँकी होला,” सचिव शेर्पाले भने, “टिमुरेमै रहेका मेरा भाइहरूले गाउँ नै बगाएको जानकारी दिनुभएको छ। कन्टेनरहरू लाइनमै थिए रे। चीनतर्फ जाने बाटोको नक्सा नै छैन।”

उनका अनुसार एक्कासि आएको बाढीले टिमुरे क्षेत्रको सडक, भन्सार यार्ड तथा आसपासका संरचनामा व्यापक क्षति पुर्‍याएको छ। चीनतर्फ जाने सडकसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएपछि स्थलमार्गबाट आवतजावत असम्भवजस्तै बनेको बताइएको छ।

हेलिकप्टरमार्फत घाइतेको उद्धार

शेर्पाले प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर पुगेको र त्यहाँबाट सातदेखि आठ जना घाइतेलाई उद्धार गरी काठमाडौं पठाइएको जानकारी प्राप्त भएको बताए।

बाढी प्रभावित टिमुरे क्षेत्रमा पानीको बहाव केही कम हुन थालेको र टेलिफोन तथा सञ्चार सेवा पनि क्रमशः सञ्चालनमा आउन थालेको बताइएको छ। यससँगै प्रभावित क्षेत्रको वास्तविक क्षतिको विवरण संकलन गर्ने काम अघि बढ्ने अपेक्षा गरिएको छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले पनि बाढीमा सयौँ कन्टेनर तथा ठूलो संख्यामा मानिस परेको जानकारी आएको बताएका छन्।

उनका अनुसार एक्कासि आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा खोज, उद्धार तथा क्षतिको विवरण संकलन कार्य जारी रहेकाले वास्तविक क्षतिको पूर्ण विवरण आउन अझै समय लाग्ने बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा सात जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा सात जनाको मृत्यु

बाढी प्रभावितको उद्धारका लागि १२ हेलिकोप्टर परिचालन

विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय

रसुवा बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार कार्य गर्न सरकारको ध्यानाकर्षण

भोटेकोसी बाढीको जोखिम सुस्तासम्म फैलिन सक्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu