ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको निर्देशन : रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई आग्रह


ABC NEWS
१० भदौ २०८३, बुधबार   १२ : ०५   बजे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा मानवीय सेवामा जुट्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।

बुधबार बिहान तिब्बततर्फबाट आएको ठूलो बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा व्यापक क्षति पुर्‍याएको खबर सार्वजनिक भएपछि प्रचण्डले स्थानीय प्रशासनसँग समन्वय गर्दै उद्धार तथा राहत कार्यमा सक्रिय हुन पार्टी पंक्तिलाई आग्रह गरेका हुन्।

बाढीका कारण रसुवा मात्र नभई नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रसमेत जोखिममा पर्न सक्ने भन्दै उनले ती क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी निर्देशन पूर्ण रूपमा पालना गर्न अपिल गरेका छन्।

प्रचण्डले विपद्को यस घडीमा नागरिकको जीवनरक्षा सबैभन्दा महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै उद्धार तथा राहत कार्यमा सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।

उनले संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै खोज, उद्धार, राहत र मानवीय सहयोगका कामलाई तीव्र र व्यवस्थित बनाउन आग्रह गरेका छन्।

तटीय क्षेत्रमा उच्च सतर्कताको अपिल

रसुवा हुँदै त्रिशूली नदीका तल्लो तटीय क्षेत्रसम्म बाढीको जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रचण्डले नदीकिनारमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

उनले सम्भावित जोखिमलाई बेवास्ता नगर्न, आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न र आधिकारिक निकायबाट जारी सूचना तथा चेतावनीलाई प्राथमिकताका साथ पालना गर्न सबैसँग अपिल गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा सात जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा सात जनाको मृत्यु

बाढी प्रभावितको उद्धारका लागि १२ हेलिकोप्टर परिचालन

विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय

रसुवा बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार कार्य गर्न सरकारको ध्यानाकर्षण

भोटेकोसी बाढीको जोखिम सुस्तासम्म फैलिन सक्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu