काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले भोटेकोसी र त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीको जोखिम कायमै रहेको जनाएको छ ।
विभागका अनुसार बुधबार दिउँसो साढे १ बजे चीनतर्फबाट प्राप्त सूचनाअनुसार भोटेकोसी नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन । त्यसैले भोटेकोसी र त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको विभागले जनाएको हो ।
विभागले अर्को सूचना जारी नभएसम्म नदी तथा तल्लो तटीय क्षेत्रबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
चीनतर्फको अवस्था
चीनतर्फबाट प्राप्त पछिल्लो सूचनाअनुसार भोटेकोसी नदी थुनिएको क्षेत्रमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको विभागले जनाएको छ ।
ताल पूर्ण रूपमा नखुलेसम्म नदीको बहावमा थप उतारचढाव आउन सक्ने भएकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन विभागले आग्रह गरेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्