ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनका सीडीओ भन्छन्- बाढी चितवन प्रवेश गर्यो, हामी एकदम सतर्क छौँ


ABC NEWS
१० भदौ २०८३, बुधबार   २ : २५   बजे

काठमाडौं । चीनको तिब्बततर्फबाट भोटेकोसी नदीमा ठूलो बाढी आएपछि चितवनमा उच्च सावधानी अपनाइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले त्रिशुली नदीमा आएको बाढीबाट जोखिम हुन नदिन उच्च सावधानी अपनाइएको बाह्रखरीसँगको कुराकानीमा बताए । उनका अनुसार अहिलेसम्म चितवनमा कुनै क्षतिको अवस्था छैन । संभावित खतराबाट सुरक्षित रहन उच्च सतर्कता अपनाउन सबैतिर सूचना प्रवाह गरिएको छ ।

“बाढी चितवनको माथिल्लो खण्डमा प्रवेश गरिसकेको छ । हामीले हेर्दा क्षति हुनसक्छ भन्ने कुरामा सतर्क छौँ,” अर्यालले भने, “हामी एकदम सतर्क छौँ । त्यही किसिमको पूर्वतयारी गरेका छौँ । चितवनको बहाव क्षेत्र अलिकति चौडा भएको हुनाले यहाँ त्यो तहको क्षति हुँदैन कि भन्ने हाम्रो अनुमान छ ।”

अर्यालले सुरक्षा सतर्कताका लागि पूर्वतयारीका काम सबै गरिएको पनि बताए । तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क गराइसकेको पनि उनले जानकारी दिए ।

“तटीय क्षेत्रका बासिन्दाहरूलाई स्थानान्तरण गरिसकेका छौँ । गाडीको आगमन रोकिएको छ । सुरक्षा निकायहरू सबै तयारीसहित परिचालन भएको अवस्था छ,” अर्यालले भने, “देवघाट र नारायणघाट क्षेत्रमा पनि त्यस्तो केही नहोला । सतर्कताको अवस्था मजबुत छ । चितवनको हकमा त्यो तहको क्षति हुँदैन भन्ने हाम्रो आँकलन हो ।”

जिल्ला प्रशासन कार्यालय चितवनले त्रिशूली नदीमा आकस्मिक बाढी आई बहाब बढेको र विपद्को जोखिम हुनसक्ने सम्भावना बताउँदै त्रिशूली नदी एवं नारायणी नदीमा माछा मार्ने, अन्य काम गर्ने व्यक्ति, मजदुरलाई नदी किनारमा नजान सूचनामार्फत सजग गराएको छ ।

कुनै काम विशेषले नदीमा गएको भए तत्काल सुरक्षित स्थानमा फर्किन सूचनामा भनिएको छ । त्रिशूली र नारायणी आसपासका क्षेत्रमा बसोबास गर्ने जनसमुदाय, आसपासमा निर्माणाधिन तथा सञ्चालित आयोजनाहरू, नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूलाई आवश्यक पूर्वतयारी एवम् सावधानी अपनाउन पनि सजग गराइएको छ ।

स्थानीय तहहरूले नदी किनारमा बसोबास गर्ने स्थानीय व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । “नदी किनारका वस्ती तथा बाढी पहिरोको दृष्टिकोणबाट जोखिमपूर्ण स्थानमा बसोबास गर्नुहुने महानुभावहरु तत्काल सुरक्षित स्थानमा सर्नुहोला,” प्रशासनको सूचनामा भनिएको छ ।

स्थानीयलाई आकस्मिक सहयोगका लागि समस्या नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, जिल्ला आपतकालीन केन्द्र, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय, चितवनमा सम्पर्क गर्न भनिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाबाट उद्धार गरिएका तीन गम्भीर घाइतेको ट्रमा सेन्टरमा उपचार

भोटेकोसी बाढीपछि उद्धारमा हेलिकोप्टर र ड्रोन परिचालन गर्न आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवाबाट उद्धार गरिएका तीन गम्भीर घाइतेको ट्रमा सेन्टरमा उपचार

भोटेकोसी बाढीपछि उद्धारमा हेलिकोप्टर र ड्रोन परिचालन गर्न आग्रह

भोटेकोसी बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा

रसुवा बाढीका १४ घाइते काठमाडौं ल्याइए, एकको अवस्था गम्भीर

रसुवा बाढीमा घाइते सात जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

सेनाले उद्धार गरेका १० गम्भीर घाइतेको शिक्षण अस्पतालमा उपचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu