ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीको असर सेयरबजारमा : नेप्से ३६ अंकले घट्यो, जलविद्युत् कम्पनीका लगानीकर्ता सबैभन्दा प्रभावित


ABC NEWS
१० भदौ २०८३, बुधबार   ४ : १५   बजे

काठमाडौं । रसुवामा बुधबार आएको विनाशकारी बाढीले जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा व्यापक क्षति पुर्‍याएसँगै त्यसको प्रत्यक्ष प्रभाव सेयरबजारमा समेत परेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज करिब ३६ अंकले घटेर २ हजार ५५८.३५ विन्दुमा झरेको छ।

बाढीका कारण साढे ७ सय मेगावाटभन्दा बढी क्षमताका विभिन्न जलविद्युत् आयोजना प्रभावित भएको प्रारम्भिक विवरण सार्वजनिक भएपछि लगानीकर्तामा त्रास बढेको देखिएको छ। यसको सबैभन्दा ठूलो प्रभाव जलविद्युत् समूहमा परेको छ।

आजको कारोबारमा जलविद्युत् समूहको सूचक २.८४ प्रतिशतले घटेको छ, जुन कारोबारमा रहेका अन्य समूहको तुलनामा उल्लेख्य गिरावट हो। समग्र बजारमा समेत बिक्रीचाप बढ्दा अधिकांश समूहको सूचक राताम्य बनेको छ।

यस दिन कुल ४ अर्ब ७७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

२५२ कम्पनीको सेयर घट्यो

आजको कारोबारमा जम्मा २३ वटा कम्पनीको सेयर मूल्य बढ्दा २५२ कम्पनीको सेयर मूल्य घटेको छ। तीन कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

बजारमा समग्र रूपमा नकारात्मक माहोल रहे पनि केही कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको थियो। सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने अपरहेवा खोला हाइड्रोपावरको सेयर मूल्य १०.४३ प्रतिशतले बढेको छ। अन्य केही कम्पनीको सेयर मूल्य पनि करिब ६ प्रतिशतसम्म वृद्धि भएको देखिएको छ।

बाढी प्रभावित आयोजनाका सेयरमा ठूलो गिरावट

रसुवा बाढीबाट प्रत्यक्ष रूपमा प्रभावित जलविद्युत् कम्पनीका सेयरमा भने भारी गिरावट आएको छ।

सबैभन्दा बढी प्रभावितमध्ये रहेको रसुवागढी हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। त्यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले घटेको छ।

अन्य प्रभावित कम्पनीको अवस्था पनि कमजोर देखिएको छ।

  • त्रिशूली जलविद्युत् कम्पनी – १२.९५ प्रतिशतले घट्यो
  • माथिल्लो मैलुङ खोला जलविद्युत् – ११.५६ प्रतिशतले घट्यो
  • सान्जेन जलविद्युत् कम्पनी – ११.१८ प्रतिशतले घट्यो

रसुवाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको बाढीले यी आयोजनाका संरचना, विद्युत् उत्पादन केन्द्र, सबस्टेसन तथा प्रसारण र वितरण प्रणालीमा क्षति पुर्‍याएको प्रारम्भिक विवरण सार्वजनिक भएपछि लगानीकर्ताले ती कम्पनीको सेयर बिक्री गर्न थालेका हुन्।

चिलिमेको सर्वाधिक कारोबार

बाढीको प्रभावबीच पनि चिलिमे हाइड्रोपावरको करिब २० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ, जुन आजको सबैभन्दा धेरै कारोबार भएको कम्पनी बनेको छ।

रसुवामा आएको बाढीले रसुवागढी, चिलिमे, त्रिशूली, सान्जेन, मैलुङ तथा आसपासका जलविद्युत् आयोजना र विद्युत् संरचनामा असर पुर्‍याएको विवरण आइरहेको छ। यद्यपि, वास्तविक भौतिक क्षति, उत्पादन क्षमता कति प्रभावित भयो र आयोजना पुनः सञ्चालन हुन कति समय लाग्छ भन्ने विस्तृत विवरण अझै आउन बाँकी छ।

क्षतिको वास्तविक विवरण कुर्दै बजार

बाढी प्रभावित कम्पनीहरूको वास्तविक क्षति र वित्तीय प्रभावबारे स्पष्ट विवरण नआउँदासम्म जलविद्युत् क्षेत्रका लगानीकर्तामा अनिश्चितता कायम रहने देखिएको छ। प्रभावित आयोजनाको उत्पादन बन्द हुने अवधि, मर्मत तथा पुनर्निर्माण लागत र बीमा दाबीको अवस्थाले आगामी दिनमा ती कम्पनीको सेयर मूल्यमा थप प्रभाव पार्न सक्ने बजार विश्लेषकहरूको अनुमान छ।

रसुवाको विनाशकारी बाढीले एउटा प्राकृतिक विपत्तिले भौतिक पूर्वाधारसँगै नेपालको पुँजीबजारलाई समेत तत्काल प्रभाव पार्न सक्ने देखाएको छ। अब लगानीकर्ताको ध्यान प्रभावित आयोजनाबाट आउने विस्तृत क्षति विवरण, विद्युत् उत्पादन पुनः सुरु हुने समय र सम्बन्धित कम्पनीहरूको आधिकारिक वित्तीय सूचनातर्फ केन्द्रित हुने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद्मा परेका नागरिकको जीवनरक्षा गर्न एमालेको माग

बाढीपीडितका लागि भारत, चीन र विश्व बैंकबाट सहयोगको प्रतिबद्धता

सम्बन्धित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग

एक्कासि आयो, सबै बगायो : भोटेकोशी बाढीको स्रोत खोज्दै नेपाल र चीन (भिडियो)

परराष्ट्रमन्त्रीले भोटेकोशी बाढीबारे सदनमा सरकारको जानकारी : भूकम्पपछि चीन सीमाबाट नेपाल पस्यो बाढी

नागरिकको ज्यान बचाउन सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ : रवि लामिछाने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu