ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीको ठूलो असर : ३८४ पर्यटक सम्पर्कविहीन, २९१ विदेशी र ९३ नेपाली


ABC NEWS
१० भदौ २०८३, बुधबार   ४ : १५   बजे

काठमाडौं । बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि स्वदेशी तथा विदेशी गरी कुल ३८४ जना पर्यटक सम्पर्कविहीन भएका छन्।

नेपाल पर्यटन बोर्डले सम्पर्कविहीन पर्यटकहरूको संख्या पुष्टि गर्दै उनीहरूको खोजी, अवस्थाबारे जानकारी संकलन तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।

बोर्डका अनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी पर्यटक र ९३ जना स्वदेशी पर्यटक रहेका छन्। विदेशी पर्यटकमध्ये १०५ जनाभन्दा बढी भारतीय नागरिक रहेको प्रारम्भिक विवरणमा उल्लेख छ भने अन्य पर्यटक विभिन्न देशका रहेका छन्।

बुधबार बिहान करिब साढे ८ बजे चीनको तिब्बततर्फबाट आएको आकस्मिक बाढी भोटेकोशी नदीमा प्रवेश गरेपछि रसुवाको टिमुरे, रसुवागढी र स्याफ्रुबेँसीलगायत क्षेत्रमा व्यापक क्षति पुगेको थियो। बाढीको प्रभाव नुवाकोट र धादिङ हुँदै तल्लो तटीय क्षेत्रसम्म फैलिएको छ।

नेपाल पर्यटन बोर्डले होटल, ट्राभल तथा ट्रेकिङ एजेन्सी, स्थानीय प्रशासन, सुरक्षा निकाय र अन्य सरोकारवाला संस्थासँग समन्वय गरी सम्पर्कविहीन पर्यटकहरूको नाम, राष्ट्रियता, अन्तिम अवस्थिति र सम्भावित स्थानबारे विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहे पनि सडक तथा सञ्चार सम्पर्कमा आएको अवरोधका कारण पर्यटकहरूको यकिन अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा घाइते ३५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

भोटेकोसी बाढी: आफ्ना मान्छे खोज्दै अस्पताल पुगिरहेछन् आफन्त

सम्बन्धित

असोज ७  देखि पोखरा–दुबई नियमित उडान, पर्यटन व्यवसायी र युएई राजदूत सक्रिय

नाडा अटो शोमा भेस्पा–अप्रिलियाको ‘सेभिङ एक्स्ट्राभागान्जा’, २८ हजार ५ सयसम्मको लाभ

उपल्लो मुस्ताङका ६ सय वर्ष पुराना चोर्टेन संरक्षणको पर्खाइमा

 सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध निर्वाचित

दैनिक १२ सयदेखि बिदाका दिन ५ हजारसम्म आगन्तुक, सदर चिडियाखानामा स्थान अभावको चुनौती

पोखरा–दुबई नियमित उडान सफल बनाउन पर्यटन व्यवसायी र यूएई राजदूतबीच छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu