ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामसङका नयाँ फोल्डेबल स्मार्टफोन र ग्यालेक्सी वाच नेपालमा सार्वजनिक


ABC NEWS
१० भदौ २०८३, बुधबार   ४ : ३५   बजे

काठमाडौं । सामसङले नेपालमा नयाँ ग्यालेक्सी जेड सिरिजका फोल्डेबल स्मार्टफोन तथा नयाँ ग्यालेक्सी वाच सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ सिरिजले फोल्डेबल प्रविधिमा नयाँ अनुभव प्रदान गर्नेछ ।

कम्पनीले ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड८, ग्यालेक्सी जेड फ्लिप८, ग्यालेक्सी वाच अल्ट्रा२ र ग्यालेक्सी वाच९ सार्वजनिक गरेको हो । यी उत्पादनको बिक्री अगस्ट २६ देखि नेपालभर सुरु हुने कम्पनीले जनाएको छ ।

प्रि-अर्डरमा पनि ग्राहकको उत्साह देखिएको सामसङले जनाएको छ । फोल्ड८ अल्ट्रामा भायोलेट श्याडो, फोल्ड८ मा लवेन्दर र फ्लिप८ मा पिंक रङ ग्राहकको रोजाइमा परेको कम्पनीको भनाइ छ ।

ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा

ग्यालेक्सी जेड फोल्ड८ अल्ट्राले फोल्डेबल डिजाइनमा सामसङको प्रिमियम अल्ट्रा अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । ठूलो डिस्प्ले, सुधारिएको क्यामेरा प्रणाली तथा शक्तिशाली प्रदर्शनका कारण क्रिएटिभ काम र मल्टिटास्किङका लागि उपयोगी हुने कम्पनीको दाबी छ ।

यसमा ८ इन्चको मुख्य डिस्प्ले रहेको छ ।

फोल्ड८ र फ्लिप८

ग्यालेक्सी जेड फोल्ड८ नयाँ डिजाइनसहित आएको छ । कभर स्क्रिनबाट म्यासेजिङ, ब्राउजिङ तथा छोटो भिडियो हेर्न सकिने र मुख्य ४:३ डिस्प्लेबाट गेमिङ, पढाइ तथा भिडियो हेर्न सहज हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, ग्यालेक्सी जेड फ्लिप८ व्यक्तिगत शैली तथा सहज प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको छ । यसमा ५० मेगापिक्सेल क्यामेरा, प्रोभिजुअल इन्जिन र फ्लेक्सक्याम सुविधा रहेको सामसङले जनाएको छ ।

ग्यालेक्सी वाच अल्ट्रा२ र वाच९

सामसङले नयाँ ग्यालेक्सी वाच अल्ट्रा२ र वाच९ पनि सार्वजनिक गरेको छ । यी स्मार्टवाचले स्वास्थ्यसम्बन्धी विभिन्न जानकारीलाई उपयोगी सुझावमा रूपान्तरण गर्न सहयोग गर्ने कम्पनीको दाबी छ ।

दुवै डिभाइस स्न्यापड्रागन वेयर एलिट प्लेटफर्मबाट सञ्चालित छन् । निरन्तर स्वास्थ्य ट्र्याकिङ, प्रदर्शन, आरामदायी प्रयोग तथा लामो ब्याट्री जीवनलाई ध्यानमा राखेर यी डिभाइस डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

२४ महिनासम्मको ईएमआई सुविधा

नयाँ ग्यालेक्सी डिभाइस खरिदलाई सहज बनाउन सामसङले २४ महिनासम्मको ईएमआई सुविधा समेत उपलब्ध गराएको छ । कम्पनीका अनुसार यसका लागि नागरिकता आवश्यक पर्नेछ ।

नयाँ ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, फोल्ड८, फ्लिप८, वाच अल्ट्रा२ र वाच९ अगस्ट २६ देखि नेपालभर बिक्रीका लागि उपलब्ध हुनेछन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा घाइते ३५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

भोटेकोसी बाढी: आफ्ना मान्छे खोज्दै अस्पताल पुगिरहेछन् आफन्त

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीमा घाइते ३५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

Putin’s Kuril Islands Visit Highlights Stalled Japan Negotiations

Flash Flood From Rasuwa Travels Through Narayani River, Reaches Narayanghat

भोटेकोसी बाढी: आफ्ना मान्छे खोज्दै अस्पताल पुगिरहेछन् आफन्त

विपद्मा परेका नागरिकको जीवनरक्षा गर्न एमालेको माग

बाढीपीडितका लागि भारत, चीन र विश्व बैंकबाट सहयोगको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu