जनकपुरधाम । निरन्तर वर्षापछि कोशी नदीमा पानीको बहाव बढ्दै गएपछि सुनसरी र सप्तरीका तटीय क्षेत्रका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
कोशी ब्यारेजको पछिल्लो विवरणअनुसार नदीमा पानीको बहाव १ लाख ३१ हजार ३४० क्युसेक पुगेको छ। बढ्दो बहावलाई व्यवस्थापन गर्न ब्यारेजका १५ वटा ढोका खोलिएको जनाइएको छ।
नदीमा पानीको सतह र बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले स्थानीय प्रशासनले कोशी आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरेको छ। डुबान तथा कटानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक परे सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन पनि स्थानीयवासीलाई अनुरोध गरिएको छ।
डुबानको जोखिम बढ्यो
पानीको बहाव लगातार बढिरहेकाले कोशी नदी किनारका सुनसरी र सप्तरीका विभिन्न बस्तीमा डुबानको जोखिम बढेको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी थालेका छन्।
कोशीको बहाव आगामी समय थप बढेमा तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले नदी किनारमा नजान तथा आधिकारिक निकायबाट जारी सूचना पालना गर्न प्रशासनले आग्रह गरेको छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्