ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीप्रति सुदूरपश्चिम सरकारको दुःख, उद्धारमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता


ABC NEWS
११ भदौ २०८३, बिहिबार   १० : २५   बजे

धनगढी । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति सुदूरपश्चिम प्रदेश सरकारले दुःख व्यक्त गर्दै विपद् व्यवस्थापनका लागि संघीय सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विज्ञप्ति जारी गर्दै संघीय सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा प्रदेश सरकार ऐक्यबद्ध रहेको बताएका छन्। उनले सम्बन्धित निकायलाई खोज, उद्धार तथा राहतका कामलाई थप तीव्रता दिन आग्रह गरेका छन्।

मुख्यमन्त्री भट्टले बाढी तथा पहिरोको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा बस्न तथा नदीकिनारा र जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न अपिल गरेका छन्। साथै, सरकार तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र निर्देशनको पालना गर्न उनले आग्रह गरेका छन्।

विपद्को समयमा संघ, प्रदेश र स्थानीय तहका सरकार, सुरक्षा निकाय, स्थानीय समुदाय तथा विभिन्न संघसंस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको मुख्यमन्त्री भट्टले बताएका छन्।

उनले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत क्षेत्रमा बाढीले पुर्‍याएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

प्रारम्भिक विवरणअनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रबाट रोजगारीका लागि गएका केही नागरिकसमेत बेपत्ता भएको जानकारी आएको भन्दै मुख्यमन्त्री भट्टले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा घाइते र प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

उनले नदी, खोला तथा अन्य जोखिमयुक्त क्षेत्र आसपास बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : ११ ट्रक राहत सामग्री त्रिशूली पुग्यो

चितवनमा बाढीपीडितका शव व्यवस्थापन चुनौतीपूर्ण, अस्थायी कोल्ड स्टोर सञ्चालनको तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

भोटेकोसी बाढी : ११ ट्रक राहत सामग्री त्रिशूली पुग्यो

रसुवा बाढीको वास्तविक कारण अझै अनुसन्धानमै, ‘हिम–चट्टान पहिरो’ प्रमुख सम्भावना

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

चितवनमा बाढीपीडितका शव व्यवस्थापन चुनौतीपूर्ण, अस्थायी कोल्ड स्टोर सञ्चालनको तयारी

भोटेकोसी बाढी : २० विदेशी नागरिकसहित १२५ जनाको उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu