ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिमुरेबाट ११६ जनाको उद्धार, उद्धारका लागि १५ भन्दा बढी उडान


ABC NEWS
११ भदौ २०८३, बिहिबार   १० : २५   बजे

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशले अकल्पनीय विपद्को सामना गरिरहेको भन्दै सरकार यथाशीघ्र उद्धार तथा राहतमा जुटिरहेको बताएका छन्। उनले विपद्को सामना गर्न आम नेपाली, विश्वभर रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदाय एकजुट भएर सहयोग गरिरहेको बताएका हुन्।

सामाजिक सञ्जालमार्फत सरकारले गरिरहेको उद्धार तथा राहत प्रयासबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले आज बिहान साढे ६ बजेदेखि उद्धारका लागि उडान सुरु भएको बताए। उनका अनुसार अहिलेसम्म १५ भन्दा बढी उडान भइसकेका छन् भने थप हेलिकोप्टर उडानका लागि तयारी अवस्थामा राखिएका छन्।

नेपाली सेनाले सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक छन्। यस्तै, टनेलबाट ७ जना नेपाली नागरिकको समेत सफल उद्धार गरिएको उनले बताए।

प्रभावित क्षेत्रमा राहत सामग्री पठाइँदै

प्रधानमन्त्री शाहका अनुसार प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्रीसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुंगा काट्ने मेसिन पठाउने काम भइरहेको छ।

छिट्टै प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था गरिने उनले बताएका छन्। यसबाट सञ्चार सम्पर्क पुनःस्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना तथा पानीको व्यवस्था गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। प्रभावित क्षेत्रको अवस्थाबारे ड्रोन सर्वेक्षणबाट सूचना संकलन गर्ने काम अन्तिम चरणमा पुगेको र यसले उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

सिकिस्त, वृद्ध, महिला र बालबालिकालाई प्राथमिकता

प्रधानमन्त्री शाहले हेलिकोप्टरबाट उद्धार गर्दा सुरुमा सिकिस्त, वृद्ध, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने बताएका छन्।

उनले विपद्को यस कठिन समयमा सबैलाई धैर्य र संयम कायम राख्दै उद्धार तथा राहतको प्रतीक्षा गर्न आग्रह गरेका छन्।

राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको भन्दै प्रधानमन्त्री शाहले आशा र विश्वासका साथ एकजुट भएर विपद्को सामना गर्नुपर्ने बताएका छन्। साथै, उद्धार तथा राहत अभियानमा हातेमालो गर्ने सबैप्रति उनले धन्यवाद व्यक्त गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : विपद् व्यवस्थापनमा सबै दल एकजुट, पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाइने

भोटेकोसी बाढी : मृतकको संख्या १८८ पुग्यो, ठूलो संख्यामा अझै बेपत्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढी : विपद् व्यवस्थापनमा सबै दल एकजुट, पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाइने

भोटेकोसी बाढी : मृतकको संख्या १८८ पुग्यो, ठूलो संख्यामा अझै बेपत्ता

भोटेकोसी बाढी : सर्वदलीय बैठकबाट १० बुँदे संयुक्त अपिल जारी

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

भोटेकोसी बाढी : ११ ट्रक राहत सामग्री त्रिशूली पुग्यो

रसुवा बाढीको वास्तविक कारण अझै अनुसन्धानमै, ‘हिम–चट्टान पहिरो’ प्रमुख सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu