काठमाडौं । नेपाली सेनाले रसुवाको टिमुरेबाट आज बिहान १०५ जनाको सकुशल उद्धार गरेको छ। सेनाले सञ्चालन गरेको रेस्क्यु अपरेसनमार्फत उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको हो।
उद्धार गरिएकामध्ये ६ जना विदेशी पर्यटक रहेको नेपाली सेनाले जनाएको छ। यस्तै, मैलुङ हाइड्रोपावरको ३ ए टनेलबाट थप ७ जना नेपाली नागरिकलाई समेत सुरक्षित रूपमा बाहिर निकालिएको छ।
बिहानैदेखि उद्धार अभियान
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार टिमुरे क्षेत्रमा बिहानैदेखि उद्धार अभियान सञ्चालन गरिएको थियो। सेनाको उद्धार टोलीले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा ल्याएको हो।
उद्धार गरिएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। प्रभावित क्षेत्रमा अझै बेपत्ता तथा जोखिममा रहेका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्