चितवन । रसुवाको भोटेकोसी बाढीले बगाएर ल्याएको शवबाट कानमा रहेको सुनको मुन्द्रा निकाल्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१, लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको इनरुवा नगरपालिका–५, चाँदबेला घर भई भरतपुर महानगरपालिका–२, पोखरा बसपार्कस्थित सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।
उनीहरूलाई बिहीबार दिउँसो पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले जानकारी दिए।
उनका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओका आधारमा उनीहरूको पहिचान गरी प्रहरीले नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्