ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ९ : २५   बजे

काठमाडौं । बाढीबाट प्रभावित त्रिशूली, गजुरी र गल्छी क्षेत्रका आफ्ना ग्राहकलाई वर्ल्डलिंक कम्युनिकेसन्सले विशेष राहत सुविधा उपलब्ध गराउने भएको छ।

बाढीका कारण प्रभावित ग्राहकलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले कम्पनीले ती क्षेत्रमा इन्टरनेट सेवा तत्काल विच्छेद नगर्ने जनाएको छ।

नियमित रूपमा सेवा शुल्क तिर्न नसक्ने वा इन्टरनेट सेवा नवीकरणको अवधि सकिन लागेका ग्राहकको सेवा पनि तत्काल बन्द नगरिने वर्ल्डलिंकले जनाएको हो।

कम्पनीका अनुसार नवीकरणको म्याद सकिन लागेका ग्राहकलाई थप पाँच दिनको निःशुल्क सेवा अवधि उपलब्ध गराइनेछ। यसबाट बाढीका कारण विस्थापित तथा प्रभावित भएका ग्राहकलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

बाढीका कारण त्रिशूली, गजुरी र गल्छी क्षेत्रमा सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने कतिपय स्थानमा जनजीवनसमेत प्रभावित भएको छ।

यस्तो विपद्को समयमा सञ्चार तथा इन्टरनेट सेवा अत्यावश्यक हुने भएकाले प्रभावित क्षेत्रमा सेवा निरन्तर उपलब्ध गराउने प्रयास गरिएको वर्ल्डलिंकले जनाएको छ।

वर्ल्डलिंकले ‘तपाईंको सुरक्षा नै पहिलो प्राथमिकता हो’ भन्दै बाढी प्रभावित क्षेत्रका ग्राहक तथा सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu