ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ७ : ०५   बजे

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ६३ जनाको काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

नेपाल प्रहरीले शुक्रबार साँझ ५:०० बजे सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार घाइतेहरूलाई उद्धार गरी उपचारका लागि राजधानीका नौवटा विभिन्न अस्पतालमा भर्ना गरिएको हो ।

प्रहरीको रिपोर्टअनुसार सबैभन्दा बढी ३१ जना घाइतेहरूको महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पताल (टिचिङ) मा उपचार भइरहेको छ । त्यसैगरी राष्ट्रिय ट्रमा सेन्टरमा २२ जना घाइतेहरू उपचाररत छन् ।

राजधानीका अन्य अस्पतालहरूमा पनि घाइतेहरूको उपचार जारी छ । जसअनुसार नर्भिक अस्पताल, वीर अस्पताल र मनमोहन अस्पतालमा २-२ जनाको उपचार भइरहेको छ । यस्तै, गम्भीर तथा सामान्य घाइते भएका अन्य ४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जसमा ग्रान्डी अस्पताल, मनमैजुस्थित शुभम् अस्पताल, ग्रीन सिटी अस्पताल र छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा १-१ जना घाइतेको उपचार भइरहेको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

नुवाकोट तहसनहस : बस्ती, बजार र पूर्वाधार ध्वस्त, १५ सय परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu