सिन्धुपाल्चोक । नेपाल प्रहरीले भोटेकोसीमाथि चीनको तिब्बत क्षेत्रमा रहेको ताल पुनः फुटेको जानकारी प्राप्त भएको जनाउँदै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रहरी प्रवक्ताले सामाजिक सञ्जालमार्फत जारी गरेको सूचना अनुसार, उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी र सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ। ताल फुटेको कारण थप क्षति हुन सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको हो।
यसअघि पनि सोही ताल फुटेर आएको पानीले ठूलो क्षति भएको थियो। त्यसबेलादेखि सुरक्षाकर्मीहरू उद्धार तथा राहत कार्यमा खटिएका थिए। प्रहरीले अहिले फेरि जोखिम बढेको भन्दै सतर्कता अपनाउन निर्देशन दिएको हो।
प्रहरीद्वारा जारी गरिएको सूचना
प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ‘तिब्बततर्फबाट पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान अनुरोध छ।’ प्रहरीले थप जानकारी आउने क्रममै रहेको र पछिल्लो अवस्थाबारे निगरानी राखिरहेको बताएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्