ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले नेपालमा थप १२ टन राहत सामग्री पठाउने


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ३ : ४५   बजे

काठमाडौँ । भारत सरकारले नेपालमा जारी उद्धार तथा राहत कार्यलाई सहयोग पुर्‍याउन थप १२ टन राहत सामग्री पठाउने भएको छ। राहत सामग्री भारतीय वायुसेनाको सैन्य विमानमार्फत नेपाल ल्याइने जनाइएको छ।

यसअघि भारतले दुई चरणमा गरी नेपाललाई ४७.५ टन राहत सामग्री उपलब्ध गराइसकेको छ। पहिलो चरणमा बुधबार राति साढे ८ बजे १० टन राहत सामग्री बोकेको भारतीय वायुसेनाको विमान काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

त्यसैगरी, दोस्रो चरणमा बिहीबार बिहान ३७.५ टन राहत सामग्री नेपाल ल्याइएको थियो। भारतले विपद्मा परेका देशलाई तत्काल सहयोग गर्ने आफ्नो परम्पराअनुसार नेपालमा जारी उद्धार तथा राहत अभियानमा सहयोग गरेको जनाएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रबार नेपाल र चीनमा सम्पर्कविहीन भएका भारतीय नागरिकको अवस्थाबारे काठमाडौँ र बेइजिङस्थित भारतीय राजदूतसँग छलफल गर्नुभएको छ। उहाँले भारतीय विदेश मन्त्रालयको सम्बन्धित डिभिजनले नेपालमा थप राहत सामग्री पठाउने तयारी गरिरहेको जानकारी दिनुभएको छ।

राहत सामग्रीमा के–के छन् ?

भारतले यसअघि पठाएका राहत सामग्रीमा कम्बल, टेन्ट, सोलार बत्ती, औषधि, हाइजिन किट, पानी तान्ने पम्प तथा किचन सेटलगायत सामग्री छन्।

बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने बेली ब्रिजसमेत उपलब्ध गराउन भारत तयार रहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जानकारी दिनुभएको छ।

नेपालमा भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका काम जारी रहेका बेला भारतको थप सहयोगले प्रभावित क्षेत्रमा आवश्यक सामग्री पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

नेपालमा बाढीपछि उद्धार तथा राहतका लागि सी चिनफिङको नेतृत्वमा चीनमा बैठक

नेपाललाई ५० लाख अस्ट्रेलियन डलर मानवीय सहायता दिने अस्ट्रेलियाको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu