ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ५ : २५   बजे

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

१२ भदौ, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ।

राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा शुक्रबार बसेको सीपीसीको राजनीतिक ब्युरो बैठकले चीनको केरुङ क्षेत्रमा आएको बाढीको अवस्थाबारे समीक्षा गर्दै नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

बैठकमा राष्ट्रपति सीले विनाशकारी पहिरोपछि जारी उद्धार तथा राहत कार्यबारे जानकारी लिनुभएको थियो। उहाँले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो।

बैठकको सुरुवातमा चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहनुभएका सी चिनफिङसहित अन्य नेताले बुधबार ग्यिरोङ सीमा नाकामा गएको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गर्नुभएको थियो।

सिन्ह्वाका अनुसार पार्टी केन्द्रीय समितिको नेतृत्वमा आपत्कालीन उद्धार कार्य तीव्र, व्यवस्थित र प्रभावकारी समन्वयका साथ अघि बढाइएको छ। प्रभावित नागरिकको पुनःस्थापना तथा विपद्पछिको व्यवस्थापनका लागि पनि प्रयास भइरहेको बैठकमा जानकारी गराइएको थियो।

अत्यधिक चिसो हिमाली क्षेत्रमा विपद् भएकाले उद्धार कार्य चुनौतीपूर्ण रहेको बैठकले जनाएको छ। भिराला उपत्यका, परिवर्तनशील मौसम, आसपासका हिमनदी तथा हिमताल र सम्भावित भौगर्भिक जोखिमका कारण उद्धारमा थप कठिनाइ देखिएको उल्लेख गरिएको छ।

बैठकले सम्बन्धित सबै निकाय तथा विभागलाई उद्धार कार्यमा दृढ र प्रभावकारी कदम चाल्न निर्देशन दिएको छ। साथै, खोज तथा उद्धारका योजना वैज्ञानिक ढंगले तयार पार्दै बेपत्ता भएका चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारका लागि हरसम्भव प्रयास गर्न जोड दिएको छ।

नेपालमा आएको बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला चीनले आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको हो।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

भारतले नेपालमा थप १२ टन राहत सामग्री पठाउने

नेपालमा बाढीपछि उद्धार तथा राहतका लागि सी चिनफिङको नेतृत्वमा चीनमा बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu