ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यूएईद्वारा नेपालका बाढीपीडितका लागि ८३ टन राहत सामग्री पठाइयो


ABC NEWS
१४ भदौ २०८३, आइतबार   १ : ३५   बजे

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालका बाढीपहिरो प्रभावित नागरिकका लागि ८३ टन आपत्कालीन राहत सामग्री पठाएको छ। यूएई सहायता एजेन्सीमार्फत खाद्यान्न, अस्थायी आश्रय सामग्री तथा अन्य अत्यावश्यक मानवीय सहायता बोकेको विमान नेपाल पठाइएको हो। यूएईका अनुसार हालै नेपालका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित मृतकका परिवार, घाइते, बेपत्ताका आफन्त तथा घरबारविहीन बनेका नागरिकलाई लक्षित गरी उक्त सहायता पठाइएको हो। यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा बाढीपहिरो प्रभावितको उद्धार, प्रारम्भिक पुनःस्थापना तथा राहतका लागि १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५२ करोड रुपैयाँ) सहयोग घोषणा गरिएको थियो। सोही सहयोगअन्तर्गत आपत्कालीन राहत सामग्री नेपाल पठाइएको यूएईले जनाएको छ। यस राहतले विपद्बाट प्रभावित सबै उमेर समूहका नागरिकलाई तत्काल आवश्यक आधारभूत सामग्री उपलब्ध गराउन सहयोग पुग्ने यूएईको विश्वास छ। नेपालस्थित यूएई दूतावास र सहायता एजेन्सीले स्थानीय तहसँग समन्वय गरी राहत सामग्री प्रभावित तथा वास्तविक पीडितसमक्ष छिटो पुर्‍याउने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शान्ति सम्झौताको २० वर्षपछि पनि बेपत्ता परिवार न्यायको प्रतीक्षामा

राहत वितरणका विषयमा गल्छीका वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन

सम्बन्धित

यूएईबाट आएको ८० टन राहत सामग्री नेपालले बुझ्यो

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu